मदन भण्डारीको मृत्यु’bout कांग्रेसले किन उठायो प्रश्नहरू ?


काठमाडौं, ८ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले स्वर्गीय मदन भण्डारीको मृत्युका ’boutमा सत्य तथ्य छानविन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी नेतृत्वको सरकारलाई चुनौती दिएको छ । मदन भण्डारीको स्मृति दिवसका सन्दर्भ पारेर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सामाजिक सञ्जाल फेसबुकबाट सर्वाजनिक गरिएको सन्देशमा ओली सरकारलाई मदन–आश्रितको मृत्यु’bout छानविन गर्न सुझाव दिएका हुन् ।

शर्माले भनेका छन्, ‘मदन भण्डारीले मेरो मन पर्ने खाजा मम , मेरो मन पर्ने नेता विपी कोइराला हो भन्नु हुन्थ्यो । दुर्भाग्य जेठ ३ गते उहँको निधन भयो ।’ शर्माले मदन भण्डारी कम्युनिस्टहरूमा मात्रै नभइ लोकतान्त्रिक शक्तिहरूमा पनि छाप राख्न सक्ने नेताका रुपमा चित्रित गरेका छन् ।

‘लामो समय राजनीतिमा क्रियाशील हुन नपाउनुको दुर्भाग्य हामी महशुस गर्न सक्दछौँ’, प्रवक्ता शर्माले भनेका छन्, ‘माक्र्सवादको सिर्जनात्मक विकासलाई प्रयोग गरौँ भन्ने मान्यताका साथ नेपालको कम्युनिस्ट आन्दोलन लोकतान्त्रिककरण गर्नु हुने मदन भण्डारीको निधनभयो ।’

कांग्रेसका प्रवक्ता शर्माले भनेका छन्, ‘तत्कालीन सरकारले गठन गरेको छानविन आयोगले प्रतिवेदन दिँदै गर्दा दुर्घटना ठहर गरेको थियो । नेकपा (एमाले)ले गठन गरेको आयोगले हत्या ठहर गरेको थियो ।’ एमालेले बनाएको छानविन आयोगको अध्यक्ष हालका प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओली थिए ।

त्यति बेला आयोगका अध्यक्ष केपी ओलीले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै भनेका थिए, ‘हत्याराहरू रेशमी पर्दाभित्र लुकेका छन् एकदिन हामी बाहिर ल्याउँछौँ ।’

‘केही समय अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीले मोरङ इटहराको एउटा कार्यक्रममा बोल्दै गर्दा मदन भण्डारीको निधनसम्बन्धी सत्यतथ्य सार्वजनिक नहुनु दुखद् छ भनेर बोल्नुभयो’, शर्माले भनेका छन्, ‘मदन भण्डारीको निधन भएको ’boutमा देशभरिका एमाले पार्टीका साथीहरूलाई अपील र आग्रह गर्न चाहन्छु । तपाईले बोल्नुस् । सोध्नुस् । सत्यतथ्य के साँच्चै सार्वजनिक भएको छैन त ? सार्वजनिक भएको छैन भने सार्वजनिक गर्ने कि ?’

‘राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमा विराजमान हुनुहुन्छ । केपी ओली मुलुकको नेतृत्व गर्दै प्रधानमन्त्री हुनुहुन्छ’, उनले भनेका छन्, ‘सत्यतथ्य अहिले पनि नआउने हो भने कहिले आउने कहिले ?’

कांग्रेसका प्रवक्ता शर्माले मदन भण्डारीको निधनका ’boutमा प्रधानमन्त्री ओलीका तीनवटा जवाफ आउन सक्ने टिप्पणी गरेका छन् ।
शर्माले भनेका छन्, ‘प्रधानमन्त्री ज्यूको जवाफ यसरी आउन सक्छ पहिलोमा तत्कालीन सरकारले गठन गरेको छानविन आयोग प्रतिवेदन नै सहि थियो । यो दुर्घटना नै हो । त्यसैले यो घटनाको च्याप्टर क्लोज गरिँदैछ । दोस्रोमा रेशमी पर्दाको पछाडि साँच्चै लुकेका छन् दोषीहरू तिनलाई अब कारबाहीको दायरामा ल्याउँछौँ र तेस्रोमा गोलमटोल भाषामा कुरा गर्ने अनि स्मृति दिवसहरूलाई विदा गर्ने ।’

‘तर अहिले पनि यो प्रश्न उठेन, अहिले पनि यसले ठोस जवाफ पाएन भने हामीले राजनीतिलाई कति जिम्मेवार ढंगले अगाडि लिएर जान्छौँ भन्ने प्रश्न उठ्छ’, कांग्रेस प्रवक्ता शर्माको भनाइ छ ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.