Daily Archives: 22/05/2018

यी हुन् सुन तस्करका नाइके ‘गोरे’ भनिने चुँडामणि उप्रेती


टपेन्द्र कार्की
काठमाडौं– सुन तस्करका मुख्य नाइके गोरे भनिने चुँडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरीले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गोरलाई सार्वजनिक गरेको छ । आयोजित पत्रकार सम्मेलनमा गोरेलाई आज बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी गरायो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

१३ हजार कर्मचारीमाथि कारबाही


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय ९० जना कर्मचारीलाई ५ हजार रुपियाँ जरिवाना गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। राष्ट्रिय सतर्कता केन्द्रबाट आयोगमा प्राप्त आर्थिक वर्ष २०७३÷७४ को सम्पत्ति विवरण नबुझाउने कर्मचारीको विवरण समावेश भएको सम्पत्ति विवरण अनुगमन प्रतिवेदन (२०७३÷७४) उपर आयोगको बैठकमा छलफल गरी कारबाही गर्न लेखी पठाउने निर्णय भएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताउनुभयो। पढ्नेक्रम जारी राख्नुहोस्

मदन भण्डारीको मृत्यु’bout कांग्रेसले किन उठायो प्रश्नहरू ?


काठमाडौं, ८ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले स्वर्गीय मदन भण्डारीको मृत्युका ’boutमा सत्य तथ्य छानविन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी नेतृत्वको सरकारलाई चुनौती दिएको छ । मदन भण्डारीको स्मृति दिवसका सन्दर्भ पारेर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सामाजिक सञ्जाल फेसबुकबाट सर्वाजनिक गरिएको सन्देशमा ओली सरकारलाई मदन–आश्रितको मृत्यु’bout छानविन गर्न सुझाव दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा कामदारको भिसा रोकियो


नेपाली कामदारको हितमा महाथिर सरकार उभिनेछ : श्रममन्त्री विष्ट
केही समय धैर्य गर्न तयार छौं : म्यानपावर व्यवसायी
पक्राउ परेका ४० जनालाई ठगी मुद्दा चलाउन म्याद थप
होम कार्की
काठमाडौँ — मलेसियाले रोजगार भिसा प्रक्रियाका लागि पहिलो चरण मानिएको ‘इमिग्रेसिन सेक्युरिटी क्लियरेन्स’ (आईएससी) को काम अर्को सूचना जारी नभएसम्मका लागि सोमबारदेखि बन्द गरेको छ । कामदारलाई आर्थिक भार पर्ने गरी मलेसियाले एकतर्फी रूपमा लागू गरेका ५ वटा संयन्त्रहरूलाई सरकारले हटाइदिएपछि मलेसियाले ‘आईएससी’ काम रोकेको हो । आईएससीको काम गर्न मलेसियाले जीएसजी सर्भिस नेपाल प्रालिलाई ठेक्का दिएको थियो । मलेसिया जाने कामदारको विगतका आपराधिक क्रियाकलाप पत्ता लगाउन भन्दै ‘आईएससी’ गरेबापत कामदारसँग ३ हजार २ सय रुपैयाँ उठाउँदै आएको थियो । नेपाली नागरिकको ‘फिंगरिङ’ गर्न गृहबाट समेत अनुमति नलिई जीएसजीले मलेसियाको नीति भन्दै जबर्जस्ती गर्दै आएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्