एकतापछि पूर्व एमालेमा रडाको, भीम रावलले थर्काए प्रम ओलीलाई


काठमाडौं । दुई बामपन्थी दल एकीकरण घोषणामा सम्भावना बोकेका नेताहरुलाई पाखा लगाउन षड्यन्त्र भएको भन्दै नवगठित नेपाल कम्युनिष्ट पार्टी भित्र असन्तुष्टि बढेको छ । दुई दलको एकीकरण प्रकृयामा महत्वपूर्ण भूमीका निर्वाह गरेका भीम रावल असन्तुष्ट रहेको सार्वजनिक भएको छ । रावलसंगै एमाले महासचिव रहेका ईश्वर पोखरेल, सचिव योगेश भटटराई ,उप महासचिव घनश्याम भुषाल, सुरेन्दै पाण्डे, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि असन्तुष्ट बनेको खवर सार्वजनिक भएको छ ।

असन्तुष्टि सावजनिक गर्ने क्रममा एमालेका बरिष्ठ नेता झलनाथ खनालले एक संचारमाध्यमलाई अन्र्तावार्ता दिदै यो प्रकृया आफले स्वीकार नगर्ने बताई सक्नु भएको छ । सूदुर पश्चिमका लोकप्रिय नेता रावलले नेकपा एमालेलाई सूदुर पश्चिममा स्थापित गराउन महत्वपूर्ण भूमीका निर्वाह गरेका थिए । राष्ट र राष्टियताका पक्षमा कडा अडान राख्ने नेता रावलले प्रधानमंत्रीको भारत भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयन पछि मात्रै भ्रमण सफल वा असफल हुने भन्दै भारत जानुलाई मात्र उपलब्धिकारुपमा ब्याख्या गर्न नहुने धारण सार्वजनिक गरेका थिए ।

भारतिय प्रधानमंत्री नरेन्द्र मोदीले पहिलो पटक नेपाल भ्रमण गर्दा भएका सम्झौता कार्यान्वयन नभएको तर्फ सरकार सचेत हुनु पर्ने उनको धारणा रहेको थियो । अछाम जिल्लाका रावल २०३२ सालमा पढाईको शिलशिलामा राजधानी प्रबेश गरेसंगै बामपन्थी राजनितिमा सक्रिय बनेका थिए । बिधार्थी कालमा संगठन निर्माणकालागि पैदल यात्रा गर्दै नारायणघाट काठमाडौं ओहर दोहर गरेका रावललाई अखिलको नेतृत्वमा आउन नदिने षड्न्त्र भएको थियो ।

तत्कालिन नेकपा एमालेका उपाध्यक्ष रहेका रावल नेता माधव कुमार नेपाल निकट मानिन्थे । उनी नेता नेपाल र केपी ओलीका बिचमा रहेको तिक्तता मेटाउन सफल बनेका थिए । नेता रावलकै कारण अहिले दुई जना नेताहरुका बिचमा कार्यगत एकता सम्भव भएको हो श्रोतले भन्यो । नेपालको शान्तिप्रकृयामा महत्वपूर्ण भूमीका निर्वाह गरेका रावल भारतिय हस्तक्षेपका बिरुद्ध निरन्तर खवरदारि गरिरहेका हुन्थे । पार्टीमा निरन्तर क्रियाशिलहरुलाई पाखा लगाउन अमुक नेताका बिरुद्ध बिष बमन गर्न पार्टी अध्यक्षले भजनमण्डली तयार गरेको श्रोतको दावि छ । भूगोलमा क्रियाशिल नेताहरुका बिरुद्ध तल्लो स्तरको गालि गलौजमा उत्रनेहरुलाई पुरस्कृत गरेको भन्दै ओलीको आलोचना भएको छ ।

सरकारमा सहभागिताका सन्र्दभमा प्रदेश नं। ७ लाई बेवास्ता गरेकोबाट केपी ओली संग भीम रावल चिढीएको बताईएको छ । प्रधानमंत्री केपी ओली संगको भेटमा रावलले प्रदेशबाट आपू अनुकुल मान्छेलाई मंत्री बनाउन तर समग्र प्रदेशलाई बेवास्ता नगर्न आग्रह गरेका थिए । भारतिय हेपाहा प्रबृतिका बिरुद्ध खुलेर मुकाबिला गर्ने स्वभाव भएका रावललाई पार्टी एकीकरण प्रकृयामा किनारा लगाउन भारतियहरु सक्रिय भएको जानकारी प्राप्त भएको छ । श्रोतका अनुसार दुवै पार्टीका बाहालवाला महासचिव खालि गरेर एकीकृत पार्टीको महासचिव भीम रावललाई बनाउने सहमति बनेको थियो । पूर्वसहमति बिपरित अकस्मात रुपमा पुष्पकमल दाहालले महासचिवकारुपमा बिष्णु पौडेललाई प्रस्ताव गरेका थिए ।

प्रचण्ड मार्फत आएको प्रस्तावलाई माधव कुमार नेपालले सहमति दिएको भन्दै श्रोतले माधवकुमार नेपाल भारतियहरुलाई चिढ्याउने पक्षमा आफू नरहेको भन्दै कति भारतिय संग लड्ने भन्दै उठेर हिडेको बतायो । नाकाबन्दी गर्दा समेत कुनै उपलधि हासिल गर्न नसकेको भारतले पार्टी एकीकरणसंगै आफ्नो प्रभावमा रहेका मान्छेलाई पार्टीका महत्वपूर्ण स्थानमा पुगाउन सफल भएको बिश्लेषण गरिएको छ । पछिल्लो पटक तत्कालिन एमालेका तर्फबाट केन्द्रीय कमिटी सदस्य छनोटमा समेत भारतियहरुले हस्तक्षेपकारी भूमीका निर्वाह गरेको श्रोतको दावि छ ।
णेपक (नेपाल समाचार पत्र )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.