नवलपरासी । पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन शुरु गरेको हो । उद्योगबाट पहिलो चरणमा दैनिक छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको छ । पूर्ण क्षमता १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको उद्योगले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/05/2018
‘होङ्सी’ को उत्पादन शुरु
Posted in नेपाल समाचार
रुग्ण उद्योगको ऋण मात्रै साढे नौ अर्ब
पवन तिमिल्सिना
काठमाडौं : सरकारी स्वामित्वका ठूला उद्योग पुनः सञ्चालनमा ल्याउन ‘चर्को ऋण’ मुख्य बाधक बनेको छ। सरकारी स्वामित्वका यस्ता अधिकांश उद्योग अहिले रुग्ण अवस्थामा छन्। आर्थिक अवस्था जीर्ण भएर बन्द भएका ती उद्योगको ऋण मात्रै साढे ९ अर्ब नाघेको उद्योग मन्त्रालयको तथ्यांक छ। ऋण व्यवस्थापन र कर्मचारी समायोजनमा जटिलता देखिएपछि यस्ता उद्योगलाई पुनः सञ्चालनमा ल्याउन राज्यलाई ठूलो चुनौती देखिएको छ। हालसम्म १४ सरकारी उद्योगको ऋण दायित्व ९ अर्ब ७२ करोड ६० लाख रुपैयाँ पुगेको मन्त्रालयको भनाइ छ। ऋणमा डुबेका ती उद्योगको दायित्व व्यवस्थापन गरेर पुनः सञ्चालनमा ल्याउनु प्रमुख चुनौती रहेको उद्योग सचिव यामकुमारी खतिवडाले बताइन्। गत वैशाखमा मन्त्रिपरिषद्बाट सार्वजनिक संस्थानको सम्पत्ति बेचेर ऋण तिर्न नपाउने मापदण्ड लागू गरेपछि ती उद्योगको दायित्व चुक्ता गर्न समस्या देखिएको उनको भनाइ छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
‘नेकपा’को पार्टी मुख्यालय धुम्रबाराही कि पेरिसडाँडा ?
काठमाडौं, ६ जेठ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणसँग केन्द्रीय कार्यालय कहाँ राख्ने भनेर नेताहरूका बीच अनौपचारिक कुराकानी भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीले केन्द्रीय कार्यालयका ’boutमा आन्तरिक परामर्श र गृहकार्य थालेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
हाम्रो संचारले सम्वाददातामा धिताल, थापा र महरालाई स्वागत गर्यो
कुबेत नेपालडटकम
कुवेत – कुवेतबाट संचालित हाम्रो संचार डटकम अनलाइनले शुक्रबार फर्वानिया पार्कमा महिला सम्वाददाता वर्षा धिताललाई औपचारिक रुपमा स्वागत गर्दै पत्रकार समुहको मासिक बैठक सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना