खुम रायामाझी,कुवेत
“एकता नै हाम्रो चाहाना,सेवा नै हाम्रो धर्म हो ” भन्ने मुल नाराका साथ सन् 2015 मा स्थापना भएको नेपाली जन एकता सेवा समाज कुवेत ले आफ्नो तेस्रो वर्ष सफलपुर्वक पुरा गरेको छ सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम तथा नेपाली पन्चेबाजाका साथ भब्य कार्यक्रम गर्ने तयारी गरेकोछ।
उक्त कार्यक्रम सांस्कृतिक तथा सन्देश मुलक हुने भएको हुँदा कुवेतमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि,राजनीतीक पार्टी, बुद्दी जिवी,समाज सेवी, पत्रकार, कलाकार,खेलाडी तथा सम्पूर्ण नेपाली जन समुदाय लाई कार्यक्रममा उपस्थित भईदिनु हुन संस्थाका महासचिव डि.बि.भुसालले अनुरोध गर्नुभएकोछ।उक्त दिन कुनै पनि कार्यक्रम नजुधाइदिन कुवेतमा रहेका सबै संघ-संस्थाहरुलाई आयोजकले अनुरोध समेत गरेको छ।
कार्यक्रम हुने दिन : ईदको दिन
स्थान: यूनिक आडिटोरियम हल फर्वनीया (अलहैतम रेस्टुरेन्टको पछाडि)
समय: बिहान ठिक 10 बजे सम्पर्क नं: 50119703/ 97224908