कुबेत नेपालडटकम
कुबेत । सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा बाजुरा जिल्ला बुढीगंगा नगरपालिका – २ ब्राह्मतोला मलातिमा रु ४० लाखको धनराशीमा बन्न लागेको अनाथ बालबालिका आवास गृहका लागि आन्तरिक रुपमा आर्थिक सहयोग संकलन सुरु गरेको छ।
उक्त आर्थिक सहयोग संकलन समाजका बरिष्ठ-उपाध्यक्ष भिम रावतको संयोजकत्वमा समाजका सबै सदस्य समिति रहने गरि आन्तरिक रुपमाआर्थिक सहयोग संकलन गर्ने गरि संस्थाको मासिक बैठकको दिन देखि नै सहयोग आह्वान गरिएको समाजका महा-सचिब मान बहादुर बलायरले हाम्रो संचार डटकमलाई बताए।
महा-सचिब बलायरले भने “हामीहरु अहिले धेरै आर्थिक भारमा भए पनि सेवा नै धर्म हो ” भन्ने उद्श्यले हामिहरुबाट हुन सक्ने सक्दो सहयोगको लागि सदैब तमतयार रहेको बताए। बलायरका अनुसार सुदुरपश्चिमेली नेपाली समाज कुवेतले स्थापनाकाल देखि अहिलेसम्म समाजिक र मानविय कार्यमा धेरै सहयोग गरिसकेको सबै मिडिया र नेपाली समाजलाइ अभगत नै छ।
त्यसै शिल्शिलामा सुदुरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिद्वारा बझाङ र दार्चुला जिल्लामा जेठ ६ गते देखि १० गते सम्म महिलाको पाठेघर सम्बन्धि स्वसस्थय शिविर संचालनलाई पनि यस समाजले संस्थाको आर्थिक कोषबाट आर्थिक सहयोग गर्ने भएको छ।
तसर्थ कान्छा समाजिक अभियन्ता केपी खनालको यो अनाथ बालबालिका आवास गृह बनाउने अभियान विभिन्न मिडिया र सामाजिक संञ्जाल बाट हामीहरुले जानकारी पाए लगत्तै समाजका सकृय सदस्य हिक्मत रोकाया १७ हाजार र शिध्द भण्डारि १० हजार रुपैया पठाइसकेको छ।
त्यसैले यस सुदुरपश्चिमेली समाज कुवेतको आन्तरिक आर्थिक सहयोग संकलन अर्को महिनाको मासिक बैठक सम्म संकलन गरिने र उक्तदिन केपी खनालको खातामा पठाइने छ। कुवेतमा केपी खनाल अभियानलाई सहयोग गरिदिन सबै सहयोगीमनहरुमा हार्दिक अनुरोध गरेको छ।
सहयोगको लागि :
मान बहादुर बलायर : ६५८५५४४०
भिम रावत : ५५०२०५६१