माधव पौडेल असलयात्री
अाज भारतीय प्रधानमन्त्री महामहिम मोदी ज्युको
दुई दिने नेपाल भ्रमण हेरे
हेरे धित मरुन्जेल हेरे
अनि उबेलाको पिडा सम्झि सम्झि
अन्जुलि भरि अाँशु थाप्दै थाप्दै रोएँ ।
घरबेटीले अागो बाल्न प्रतिबन्ध लगाएको
रातभरि लाइन बस्दापनि अाधा लिटर
मट्टितेल नपाएको,पेटमा चुर्ना दौडिएको
सिटामोल नपाएको ,दृश्यहरु मात्र अाउछ
मोबाइल अनि टेलिभिजनमा
त्यहि दृश्य सम्झि सम्झि
अाँशुका बलिन्द्रा झार्दै झार्दै रोएँ ।।
धन्यवाद छ महामहिम !
पर्यटन बिकासको बिज्ञापनको लागि
धन्यवाद छ महामहिम
सहयोग अनि अनुदानको लागि
कठै गरिबिको भुमरीले रुमलिएको मेरो देश
अनि हामी गरिब जनता सम्झि सम्झि
छातिमा मुठ्ठी बजार्दै बजार्दै रोएँ ।
माधव पौडेल असलयात्री