डेब्युमै सन्दीपकाे विकेट


४ ओभरमा २५ रन मात्र
विनोद पाण्डे
काठमाडौँ — विराट कोहली र एबी डी भिलियर्स ट्वान्टी–२० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन् । तिनै उत्कृष्ट ब्याट्सम्यानहरूलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गरे ।
पहिला ब्याटिङ गरेको दिल्ली डेयरडेभिल्सले घरेलु मैदान फिरोज शाह कोटलामा १ सय ८१ रन बनाएपछि पहिलो ओभरमै सन्दीपलाई बलिङमा उतारेको थियो । पहिलो ओभरमै इंग्ल्यान्डका मोइन अली र पार्थिव पटेललाई दबाब दिएका सन्दीपले २ रनमात्र खर्चेका थिए ।

उनले दोस्रो ओभरमै विकेट लिँदै आफ्नो ‘डेब्यु’ लाई सनसनी बनाए । सन्दीपले पटेललाई ६ रनमा एलबीडब्लु आउट गरे । अर्को स्पेलमा तेस्रो ओभर लिएर आउँदा सन्दीपको पहिलो बलमा कोहलीले चौका प्रहार गरे । त्यसमा सन्दीपले ८ रनमात्र खर्चे । १२ औं ओभरमा बलिङ गरेका सन्दीपले आफ्नो ४ ओभर बलिङ कोटा सकाएका थिए । उक्त ओभरको पाँचौं बलमा सन्दीपको बलमा डी भिलियर्सले छक्का प्रहार गरे । सन्दीपले ४ ओभरमा २५ रनमात्र खर्चे ।

सन्दीप आईपीएल खेल्ने १३ औं देशका खेलाडी भएका छन् । यसअघि टेस्ट खेल्ने १० राष्ट्र तथा नेदरल्यान्ड्स र अफगानिस्तानका खेलाडीले मात्र आईपीएलमा खेल्दै आएका थिए । प्रशिक्षक रिकी पोन्टिङले उनलाई डेब्यु क्याप प्रदान गरेका थिए ।

दिल्लीले यसअघि ११ वटा खेल खेलिसक्दा १७ वर्षे सन्दीपले अवसर पाएका थिएनन् । दिल्ली ३ खेलमात्र जिती अंक तालिकाको पुछारमा छ । टोली प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । दिल्लीले अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल र इंग्लिस खेलाडी लियम प्लुन्केटलाई विश्राम दिँदै सन्दीप र दक्षिण अफ्रिकी खेलाडी जुनियर डालालाई मौका दिएको हो । डालाको पनि आईपीएलमा पहिलो खेल हो । सन्दीप र डालासँगै अभिषेक शर्माले पनि दिल्लीबाट पहिलो खेल खेलेका हुन् । नोभेम्बरमा बेङ्लोरमा भएको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा खरिद गरेको थियो ।

तर सन्दीप ‘डग आउट’ मै सीमित हुँदै आएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुईदिने नेपाल भ्रमणमा शनिबार सन्दीपको प्रसंग जोड्दै खेलको माध्यमबाट पनि जनस्तरमा सम्बन्ध अघि बढेको बताएका थिए ।

सन्दीप क्यारेबियन प्रिमियर लिगमा पनि वेस्ट इन्डिजका क्रिस गेयल, जिम्बावेका ग्रिम क्रिमरसँग खेल्दै छन् । सेन्ट किट्स एन्ड नेविस पेट्रिट्यसले सन्दीपलाई ५ हजार डलरमा अक्सनबाट लिएको थियो ।

सन्दीपले वर्ष २०७४ मा ८४ अन्तर्राष्ट्रिय विकेट लिए । उनले यु–१९ विश्वकप छनोट एसिया क्षेत्रमा २४ विकेट लिएका थिए । एकै प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने कीर्तिमान बनाए पनि राष्ट्रलाई विश्वकपमा पुर्‍याउन सकेनन् । नामिबियामा नेपाललाई विश्व क्रिकेट लिग डिभिजन–२ को उपविजेता बनाउने क्रममा सन्दीप १७ विकेटका साथ म्यान अफ द सिरिजमा चुनिएका थिए ।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )