Daily Archives: 13/05/2018

प्रधानमन्त्रीले संसदलाई सुनाए मोदी भ्रमणका १८ उपलब्धी


३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमण उपलब्धीपूर्ण र नेपालको पक्षमा भएको बताएका छन् । तीन वर्षअघि तनावपूर्ण रहेको दुई देशको सम्बन्ध अहिले नयाँ स्तरमा प्रवेश गरेको र बराबरीको हैसियतमा अगाडि लैजाने वातावरण बनेको बनाए ।  झण्डै एक घन्टा सम्बोधन गरेका उनले मोदी भ्रमणका उपब्लधीहरु सुनाए । साथै मोदीसँग भएको वार्तामा उठाएका तर, टुंगिन बाँकी रहेका विषयहरु पनि सुनाए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

डेब्युमै सन्दीपकाे विकेट


४ ओभरमा २५ रन मात्र
विनोद पाण्डे
काठमाडौँ — विराट कोहली र एबी डी भिलियर्स ट्वान्टी–२० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन् । तिनै उत्कृष्ट ब्याट्सम्यानहरूलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गरे ।
पहिला ब्याटिङ गरेको दिल्ली डेयरडेभिल्सले घरेलु मैदान फिरोज शाह कोटलामा १ सय ८१ रन बनाएपछि पहिलो ओभरमै सन्दीपलाई बलिङमा उतारेको थियो । पहिलो ओभरमै इंग्ल्यान्डका मोइन अली र पार्थिव पटेललाई दबाब दिएका सन्दीपले २ रनमात्र खर्चेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्