लालीगुराँस सांस्कृतिक परिवार कुवेतले अतिथि कलाकारका साथ ८औं वार्षिक उत्सव मनाउने


वसन्त थापा,कुवेत

लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो स्थापनाकालको ८औं वार्षिक उत्सवको अबसर पारेर १२औं प्रस्तुती स्वरुप अतिथि कलाकारहरुका साथमा ‘लालीगुराँस धमाका – २०७५’ को आयोजना गर्ने भएको छ।

“हाम्रो सांस्कृतिक हाम्रो पहिचान”भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाको मुल उदेश्य कला र सांस्कृतिकको जगेर्ना गर्नु हो भने, प्रवासमा रहेर पनि उक्त संस्थाले कुवेतका बिभिन्न संघ-संस्थाको सांगितिक कार्यक्रमहरुमा पन्चे बाजा सहितको आफ्नो कला प्रस्तुत गरीरहेको छ।

कार्यक्रम जुन महिनाको २२ तारीख शुक्रवार,२०१८का दिन कुवेतको फर्वानिया स्थित युनिक आडिटोरियम अल फर्वनिया (हैतम रेस्टुरेन्टको पछाड़ी) हुने भएको आयोजकले जनाएको छ।सो कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारको रुपमा नेपाली संगित क्षेत्रका बहुचर्चित लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ र बसन्ती थापा छन भने चर्चित लोक तथा आधुनिक गायक अमृत खाती पनि कुवेत आउने छन।

लालीगुराँस सांस्कृतिक परिवारले आफ्नो स्थापना काल देखीनै कुबेतवासीलाई मनोरन्जन दिदै कला र गला भएका स्थानिय कलाकारहरुलाई समेत आ-आफ्नो प्रतिभा देखाऊने अबसर दिदै आएको छ। कार्यक्रममा स्थानीय उत्कृष्ट कलाकारहरु बि.बि.मल्ल ठकुरी, डिबी लोप्चन, सोम रसाईली लगायत बिभिन्न कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने छ।

नेपाली कला सांस्कृतिकको संरक्षण बिकास गर्ने उद्देश्यले तयारी गरीएको कार्यक्रममा कुवेतमा रहेका कलाकार, संघ-सस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी तथा शुभ चिन्तकहरु र सहयोगी नेपाली दाजु भाइ तथा दिदिबहिनिहरुलाइ कार्यक्रममा उपस्थितका लागी संस्थाका अध्यक्ष माधव पौड़ेलले हार्दिक निमन्त्रणा गर्दै कार्यक्रम सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट सक्दो साथ-सहयोग गर्न अनुरोध गरेका छन।

उक्त दिन कुनै पनि कार्यक्रम नजुधाउन कुवेतमा रहेका सबै संघ-संस्थाहरुलाई आयोजकले अनुरोध समेत गरेको छ।

कार्यक्रम हुने :-

मिति : २२ जुन शुक्रवार,२०१८

समय : बिहान ११:००बजे देखी

स्थान : युनिक आडिटोरियम अल फर्वनिया(अल हैतम रेस्टुरेन्टको पछाड़ी)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.