कुबेत नेपालडटकम
मे १२ कुबेत, कुबेत मा हरेक बर्ष मनाउदै आएको किराती हरु को महान चाड उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदार हिजो कुबेत फर्वानिया स्थित युनिक अडिटोरियम हलमा ३ वटा किराती संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले सामुहिक रुपमा अतिथि कलाकार हरु को साथ मा धुमधाम सँग मनाईयो।
रोजगारीको सिलसिलामा प्रबाशी भुमी कुबेतमा रहेर पनि आफ्नो भाषा,चाड,कलासस्कृती,रितिरिवाज र परम्परालाई संरक्षणगदै “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच,साथै नेपाल बाट पल्नु भएका बहुचर्चित गायक, गीतकार तथा संगीतकार जितेन राई, चर्चित गायीकाद्वय सुनिता थेगिम र पूजा सुनुवार साथमा स्थानिया कलाकार को साथ भब्य रुपले मनाए।
कुवेतको फर्वानिया स्थित युनिक अडिटोरियम सुन्दर हलमा मनाईएको उभौली कार्यक्रममा दर्शकहरुको खचाखच उपस्थिती रहेको थियो । किरात राई यायोखा कुबेत को उपाध्यक्ष,पत्रकार कोशराज राई र सुनुवार सेवा समाज का सदस्य टिकाराम सुनुवार,ले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको संयोजक किरात याक्थुङ चुम्लुङका बल बहादुर काम्बाङ को सभापतित्व रहेको थियो भने नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत यज्ञबहादुर हमाल प्रमुख आतिथ्यता रहेको थियो । उभौली कार्यक्रममा प्रथम महिला रिता हमाल, नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देन, त्रितिय सचिब सुरेश अधिकारि, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश राई चट्याङ,बिशेष आतिथ्यत रहेको थियो भने कुबेत क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो |
सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थिए। भने किरात राई यायोक्खा कुवेतकी सह-सचिव कविता राईले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका गरेकी थिईन्। प्रमुख अतिथी,राजदूत यज्ञबहादुर हमाल, राजदुत धर्मपत्नी प्रथम महिला रिता हमाल,प्रथम सचिव भोगेन्द्र लिङ्देन,आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश राई चट्याङ, एनआरएनए कुवेतका माहा सचिब हरी लवती, उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदारको शुभकामना मन्तव्य दिएका थिए । उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदारको ’boutमा सुनुवार सेवा समाजका अध्यक्ष गुणबहादुर सुनुवार,र किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राई ले प्रष्ट पारेका थिए
बाक्लो उपस्थितिले खचाखच भरिएको हालमा कार्यक्रम लाई स्थानीय कलाकारको प्रस्तुतीले थप आकर्षण थपेको थियो । माया राइ,नुमा राइ,जितेन लिम्बु,सविना दुमी राइ,जेन्टल लिम्बु,रोशन राई,यादुराज राइ, को धमकेदार प्रस्तुती ले कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलएको थियो।। कार्यक्रमको मुख्य आक्रषण नेपाल बाट पल्नु भएका अतिथि कलाकार हुचर्चित गायक गीतकार तथा संगीतकार जितेन राई,ले आफ्नो नयाँ पुरान गितहरु बाट चर्चित गीतहरुले दर्शक नचाएको थियो भने। गायीकाद्वय सुनिता थेगिम र पूजा सुनुवार ले पनि आफ्नो चर्चित गीतहरुले दर्शकहरु लाई नचाएकी थिइन । नेपाल बाट पल्नु भएको अतिथी कलाकार बहुचर्चित गायक, गीतकार तथा संगीतकार जितेन राई, चर्चित गायीकाद्वय सुनिता थेगिम र पूजा सुनुवार लाई माया को चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थिए। भने आदिवासी जनजाती महासंघ कुवेत,ले पनि मायाको चिनो र खदा/ दोसल्ला ओढाएर सम्मान गरेको थियो।
कार्यक्रमको समापन गर्दै सभापति कार्यक्रमको संयोजक किरात याक्थुङ चुम्लुङका बल बहादुर काम्बाङ ले कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउन बिभिन्न तवरले आर्थिक भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी, नेपाल बाट पाल्नु भएका अतिथि कलाकार,तीनवटै संस्थाका पदाधिकारी सदस्यहरुलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए।