नेपाल छिरे ब्ल्याक क्याटहरू


काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवारबाट नेपालको भ्रमण गर्दै गर्दा उनको सुरक्षालाई लिएर नेपाल–भारतले निकै ठूलो सर्तकता अपनाएका छन् । मोदीको सुरक्षामा अत्यन्तै विशिष्ट सुरक्षा व्यवस्था मिलाइएको छ । मोदीलाई भ्रमण अवधिभर भारतीय सुरक्षाकर्मीकै घेराभित्र राखिनेछ । मोदीलाई कालो चस्मा र पहिरनमा हुने भारतीय विशेष सुरक्षाकर्मीले नै सुरक्षा दिनेछन् । उनीहरूलाई ब्ल्याक क्याट पनि भन्ने गरिन्छ । उनीहरूले कालो विरालोको चिन्ह भएको विशेष लोगो लगाउने गर्छन् ।

भ्रमणमा ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुने स्रोतले जनाएको छ । मोदीको सुरक्षाका लागि ४१ जना भारतीय सुरक्षाकर्मी नेपाल आइसकेका छन् । २५ जना भने मोदीसँगै आउनेछन् ।

मादीको भ्रमणमा आउने भारतीय सुरक्षाकर्मीले ल्याउने हतियारको सम्पूर्ण तथ्याङ्क राखिने स्रोतले जनाएको छ । नेपाली सुरक्षाकर्मीको कमान्ड नेपाली सेनाले गर्नेछ ।

भ्रमण अवधिभर टेलिफोन र मोबाइल सिग्नल जाम गर्ने ‘ज्यामर मेसिन’ प्रयोग हुनेछ । त्यो मेसिन नेपालकै प्रयोग हुनेछ । यसले भ्रमण अवधिभर भ्रमण रुटमा पर्ने कम्तीमा सय मिटर क्षेत्रमा टेफिलोन तथा मोबाइल सिग्नल अवरुद्ध गरिनेछ ।

नेपाल भ्रमणभर स्थलमार्गमा प्रयोग हुने दुईवटा बम तथा बुलेटप्रुफ गाडी मंगलबार नै काठमाडौं ल्याइएको छ । त्यसमध्ये एउटा काठमाडौंमा प्रयोग हुनेछ । अर्को जनकपुरमा प्रयोग गरिने स्रोतको भनाइ छ । विशेष विमानबाट गाडी र हतियारसहितका ४१ भारतीय सुरक्षाकर्मी काठमाडौं उत्रिएका हुन् ।

जनकपुरको बाह्रबिघामा हुने नागरिक अभिनन्दनमा प्रदेश सरकारले ७ सय भिआइपी पास वित्तरण गर्ने स्रोतले जनाएको छ । सर्वसाधारणलाई बिहान १० बजेभित्र कार्यक्रमस्थलमा छिरिसक्नुपर्ने निर्देशन दिइएको छ ।

मोदीले सम्बोधन गर्ने स्थलवरिपरि नेपाल प्रहरीका ४ वटा कुकुर पनि खटाइनेछ । विस्फोटक पदार्थलगायत सामग्री जाँचका लागि काठमाडौंबाट ४ वटा कुकुर जनकपुर लगिएको एक प्रहरी अधिकारीले बताए ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )