Daily Archives: 10/05/2018

विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर डरलाग्दो


काठमाडौँ । सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उहाँ लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उहाँको दुःखद निधन भयो । आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते हुनुभएका मोची गत असोज ३१ गते पहिलो पटक वैदेशिक रोजगारमा जानुभएको थियो । गत माघ २२ गते घाइते भएपछि उपचारार्थ उहाँ दुबईकै अस्पतालमा भर्ना हुनुभयो । चिकित्सकले उहाँलाई बचाउन सकेनन् । माघ २३ गते बिहान निधन हुनुभएका मोचीको शव नेपाल ल्याउन भने भण्डै तीन महिना लाग्यो । उहाँको शव गत चैत ४ गते मात्रै नेपाल ल्याउन सकियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाल छिरे ब्ल्याक क्याटहरू


काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवारबाट नेपालको भ्रमण गर्दै गर्दा उनको सुरक्षालाई लिएर नेपाल–भारतले निकै ठूलो सर्तकता अपनाएका छन् । मोदीको सुरक्षामा अत्यन्तै विशिष्ट सुरक्षा व्यवस्था मिलाइएको छ । मोदीलाई भ्रमण अवधिभर भारतीय सुरक्षाकर्मीकै घेराभित्र राखिनेछ । मोदीलाई कालो चस्मा र पहिरनमा हुने भारतीय विशेष सुरक्षाकर्मीले नै सुरक्षा दिनेछन् । उनीहरूलाई ब्ल्याक क्याट पनि भन्ने गरिन्छ । उनीहरूले कालो विरालोको चिन्ह भएको विशेष लोगो लगाउने गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा महाथीर पुन: प्रधानमन्त्री हुने, विपक्षी गठबन्धनलाई बहुमत


६१ वर्षदेखि सत्तामा रहेको दल पराजित
मलेसिया — मलेसियामा बुधबार सम्पन्न १४ औं आमनिर्वाचनमा भूतपूर्व प्रधानमन्त्री ९२ वर्षिय डा. महाथीर बिन मोहम्मदको गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको बताइएको छ । यस जितसँगै महाथीरले विश्वकै बयोवृद्ध नेताका रुपमा मलेसियाको सत्ता सम्हाल्ने पक्का भएको छ ।
६१वर्षदेखि सत्तामा रहेको ‘बारिसन नेशनल’ गठबन्धनलाई निकै पछाडि छोड्दै विपक्षी गठबन्धन ‘पाकातन हरापन’ प्रतिनिधि सभाको २२२ सिटमध्ये ११३ मा जित हासिल गरिसकेको छ । सत्तारुढ दल भने मात्र ७९ सिटमा विजयी भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्