Daily Archives: 09/05/2018

अतिथि कलाकार जितेन राई,गायीकाद्वय सुनिता थेगिम र पूजा सुनुवार लाई कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत ।


कुबेत नेपालडटकम

०९ मे २०१८ । कुवेतमा आगामी ११ मे २०१८ मा ३ वटा किराती संस्थाहरुले सामुहिक रुपमा मनाउन गैरहेको उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदारको लागि सांगीतिक धमाकाको लागि नेपाल बाट पल्नु भएका बहुचर्चित गायक, गीतकार तथा संगीतकार जितेन राई, चर्चित गायीकाद्वय सुनिता थेगिम र पूजा सुनुवार एअर अरेबियाको उडान मार्फत काठमाण्डौ-सारजाह हुँदै कुवेत आगमन भएको छ। आज दिनको ठीक १५.३५ बजे लाई कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु कलाकार खेलाडी पत्रकार आयोजक टिम ले आगमनमा लाई फुल पुष्पगुच्चा र दोसल्ला ओढाई कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरे । पढ्नेक्रम जारी राख्नुहोस्

मध्यपहाडी लोकमार्ग निर्माणमा व्यापक भ्रष्टाचार


खोटाङ । कालोपत्रेको काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने खोटाङका विभिन्न सडकको काममा ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै नेकपा (माले)ले बिरोध जनाएको छ । ठेकेदार कम्पनीले सम्झौता मिति गुजार्दा पनि जिल्लाभित्र पर्ने मध्यपहाडी सडकखण्डमा पर्ने विभिन्न सडक कालोपत्रेका काम पूरा नगरेको र निर्माणाधीन सडक पनि गुणस्तरहीन भएको भन्दै नेकपा (माले), खोटाङले विरोध जनाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

साउनदेखि मजदुरको तलब १५ हजार, ब्लडमनी कुरिरहेकालाई सीडमनी !


केके गर्दैछन् श्रम मन्त्री गोकर्ण विष्ट ?
२६ वैशाख, काठमाडौं । श्रम मन्त्री गोकर्ण विष्टले नेपालमा कार्यरत श्रमिकहरुको मासिक तलब बढाउने गृहकार्य थालेका छन् । हाल ९ हजार ७ सय रुपैयाँ न्यूनतम पारिश्रमिक लिइरहेका श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ पुर्‍याउने श्रम मन्त्रालयको तयारी छ । साथै श्रमिकमाथिको शोषणलाई अन्त्य गर्न बैंकमार्फत अनिवार्य भुक्तानीको व्यवस्था गर्न पनि मन्त्री विष्टले गृहकार्य थालेका छन् । यसका लागि श्रम नियमावली संशोधनको तयारी भइरहेको छ । सरकारले साउन १ गतेदेखि मजदुरको नयाँ न्युनतम् पारिश्रमिक तोकेर लागू गराउन गृहकार्य गरिरहेको मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीले अनलाइनखबरलाई बताए । यसका लागि ऐनले गरेको व्यवस्था बमोजिम न्युनतम् पारिश्रमिक निर्धारण समिति गठनको तयारी भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्