वीरगञ्ज, २४ वैशाख । पर्सा जिल्लाको जिराभवानी गाउँपलिका वडा नं. १ चिनीमिलचोकमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
झडपमा गोली चल्दा चल्दा ५ प्रहरी घाइते भएका छन् । मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतीय नागरिक र दुईजना मोवाईल चोरलाई छुटाउन ईलाका प्रहरी कार्यालय सेढुवा पुगेको समूहबीच झडप भएको हो । जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा रहेका स्थानीय र प्रहरीबीच सोमबार बिहान झडप भएको स्रोतले जनाएको छ । झडपका क्रममा प्रहरीले २७ राउण्ड हवाई फायर समेत गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/05/2018
गाउँपालिकाकी उपाध्यक्ष मोबाइल चोर छुटाउन जाँदा झडप, गोली चल्दा पाँच प्रहरी घाइते
Posted in नेपाल समाचार
यातायातको सिन्डिकेट ध्वस्त, माफि मागेर छुटे व्यवसायी
काठमाडौं । देशमा स्थायी सरकार सुरु भएकोमा जनताले पहिलो उपहारका रुपमा सिन्डिकेटविहिन सार्वजनिक यातायात पाउने भएका छन्। सिन्डिकेट कायम राख्न व्यवसायीहरु हडतालमा उत्रिएपनि सरकार आक्रामक बनेपछि उनीहरु निरिह बन्दै आन्दोलन फिर्ता लिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मोदीको जनकपुर भ्रमण तयारी : १० हजार सुरक्षाकर्मी खटाइने
जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ गते हुने जनकपुर भ्रमणको तयारी तीव्र पारिएको छ । जनकपुर उपमहानगरपालिका तथा प्रदेश २ सरकार सरसफाइ, भौतिक संरचना निर्माण, नगरको सौन्दर्यकरण र सुरक्षा व्यवस्था मिलाउन जुटेको छ ।
सुरक्षा चुनौतीलाई दृष्टिगत गरेर आइतबारदेखि मोदीको नागरिक अभिनन्दन हुने स्थल रंगभूमि मैदान (बाह्रबिघा)मा प्रवेश निषेध गरिएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मोदी सुरक्षाका लागि झन्डै १० हजार सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए । नेपाल–भारतको सीमामा साझा सुरक्षा रणनीतिअनुसार संयुक्त गस्ती तथा चेकजाँच सुरु गरिएको छ । नगरक्षेत्रमा झन्डै एकहजार सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि, धनुषा क्राइम ब्रान्चमा काम गरेका पूर्व घुमुवा प्रहरीलाई समेत मोदीको सुरक्षा सुराकीका लागि खटाइएको छ । साझा सुरक्षा रणनीति बनाउन नेपाल–भारतका उच्च सुरक्षाकर्मीसँगै काउन्टर पार्टका सुरक्षा अधिकारीको ५ पटक बैठक बसेको मन्त्री यादवले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार