उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदारको तयारी पुरा, सम्पूर्ण कुवेतवासी नेपालीलाई चुले निम्तो


अतिथि कलाकारहरु बुधवार कुवेत आउँदै, स्वागतका लागि कुवेत बिमानस्थल जान आयोजकको आग्रह..

जय आले, कुवेत

०६ मे २०१८ । कुवेतमा आगामी ११ मे २०१८ मा ३ वटा किराती संस्थाहरुले सामुहिक रुपमा मनाउन गैरहेको उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदारको तयारी पूर्ण भएको यायोक्खा कुवेतका अध्यक्ष मन्जित राईले जानकारी दिएका छन ।

नेपालका बहुचर्चित गायक, गीतकार तथा संगीतकार जितेन राई, चर्चित गायीकाद्वय सुनिता थेगिम र पूजा सुनुवार यस कार्यक्रममा अतिथि कलाकारको रुपमा कुवेत पाल्ने छन भने कलाकारहरुको आगामी बुधवार दिनको ठीक १५.३५ बजे एअर अरेबियाको उडान मार्फत काठमाण्डौ-सारजाह हुँदै कुवेत आगमन हुने र फुर्सद मिल्नेजती कुवेतवासी नेपालीलाई कलाकारको स्वागतार्थ: कुवेत बिमानस्थल जानको लागि आयोजकले अनुरोध गरेको छ ।

कुवेतमा सकृय रुपमा कृयाशिल ३ किराती संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले किरातीहरुको मौलिक पहिचान र भाषा, संस्कृतिको संरक्षण तथा सम्बर्द्वन गर्ने, गराउने उद्देश्यले सामुहिक रुपमा उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदारको आयोजना गर्न गैरहेको आयोजकले बतायो ।

फर्वानियाको युनिक अडिटोरियम हलमा (अल-हैतम रेष्टुरेण्ट पछाडी) आयोजना गरिने कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन आयोजकले सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई अनुरोध गर्दै चुले निम्तो दिएको छ ।

यस कार्यक्रमको संयोजकमा किरात याक्थुङ चुम्लुङका बल बहादुर काम्बाङ र सह-संयोजकमा किरात राई यायोक्खाका अध्यक्ष मन्जित राई र सुनुवार सेवा समाजका अध्यक्ष गुणबहादुर सुनुवार रहेका छन ।

कार्यक्रममा अतिथि कलाकारहरुको साथमा राई, लिम्बू र सुनुवारहरुको परम्परागत सिली तथा नृत्यहरु र स्थानीय कलाकारहरुको समेत जोडदार प्रस्तुति रहने छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )