Daily Archives: 06/05/2018

उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदारको तयारी पुरा, सम्पूर्ण कुवेतवासी नेपालीलाई चुले निम्तो


अतिथि कलाकारहरु बुधवार कुवेत आउँदै, स्वागतका लागि कुवेत बिमानस्थल जान आयोजकको आग्रह..

जय आले, कुवेत

०६ मे २०१८ । कुवेतमा आगामी ११ मे २०१८ मा ३ वटा किराती संस्थाहरुले सामुहिक रुपमा मनाउन गैरहेको उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदारको तयारी पूर्ण भएको यायोक्खा कुवेतका अध्यक्ष मन्जित राईले जानकारी दिएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै


काठमाडौं- केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन्। रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग भएको सहमतिअनुसार चिनियाँ अधिकारी आगामी दुई साताभित्र नेपाल आउने तयारी गरेका छन्। रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार चिनियाँ रेल प्रशासनका उपप्रमुख जेङ जियान नेतृत्वको टोली रेलमार्ग अध्ययनका लागि यहाँ आउन लागेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

दरबारमार्गका डिएसपी पनि तानिए सुन गायब काण्डमा, घटना लुकाउन ठूलै डिजाइन


काठमाडौं, २३ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’का पूर्व अंगरक्षक डिएसपी दानबहादुर मल्लले दरबारमार्गमा अभियुक्तका सुनका गरगहना गायब बनाएपछि समस्यामा परेका छन् । २०७४ साल चैत २२ गते सार्वजनिक मुद्धामा पक्राउ परेका २ व्यक्तिको हिसातबाटै सुनको सिक्री, मुन्द्रा, औंठी र टप गायब भएपछि डिएसपी मल्लमाथि प्रश्न उठेको हो । अभियुक्तहरू युवराज लामा र रोजन बस्नेतको सामान गायब भएको थियो । मल्लले यो घटनालाई थामथम पार्न ठूलै कसरत गरेका छन् । वैशाख ३ गते कानूनी प्रक्रिया पूरा गरेर लामा र बस्नेत रिहा भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

निजी विद्यालयले ड्रेस र किताब बेच्न नपाउने


चर्को शुल्क फिर्ता गर्ने सहमति, विद्यार्थीको आन्दोलन फिर्ता
२३ वैशाख, काठमाडौं । निजी विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पोशाक, पाठ्यपुस्तक र झोला बिक्री वितरण गर्न नपाउने भएका छन् । विद्यार्थीका अभिभावकबाट लिइँदै आएको चर्को शुल्क पनि फिर्ता गर्नुपर्ने छ । विद्यार्थीले चर्को शुल्क वृद्धि फिर्ताको मुख्य मुद्दा उठाउँदै आन्दोलन गर्दै आएका थिए । शिक्षा मन्त्रीसमेतको उपस्थितमा शनिबार भएको वार्तामा पाँच बुँदे सहमति भएपछि विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शनिबार माइन्यूटमा हस्ताक्षर गरिए पनि आइतबार संयुक्त विज्ञप्ति जारी गरेर सहमति सार्वजनिक गर्ने तयारी छ । पढ्नेक्रम जारी राख्नुहोस्