Daily Archives: 03/05/2018

फेरि कुवेतमा एक नेपाली युवाको मृत्यु


कोषराज राई,
कुवेत : कुवेतमा एक नेपाली कामदारको ज्यान गएको छ । डुमरिया ९, सर्लाही घर भई ६ महिना देखी कुवेतको सीजिजिसी कम्पनीमा कन्स्ट्रक्शन्स हेल्परको रुपमा कार्यरत पासपोर्ट नं. ०६७१६२३१ रहेका ३६ वर्षिय नरेश बैठाको आज बिहान निधन भएका हो ।कम्पनीको क्याम्प मै बिहान २ बजे तिरै अचानक रगत बान्तवा हुन थाले पछी एम्बुलेन्स झिकाई अस्पताल पठाएईएकोमा अस्पताल पुर्याउँदा ज्यान गई सकेको कम्पनीका एचआर म्यानेजर याङले जानकारी गराएका छन् । मृतकको शव जाहारा अस्पतालमा रहेको र आवश्यक कानूनी प्रकृया पुरा गरी नेपाली राजदूतावाससंग समन्वय गरी यथासक्य चाँडो नेपाल पठाईने र कम्पनीले यहाँको कानून आनुसार मृतकको परिवारलाई क्षतिपूर्ति दिईने पिरतिवद्दता समेत व्यक्त गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सार्वजनिक विदा कटौतीमा प्रचण्ड असन्तुष्ट, बादलको बग्लै मत !


‘विदा कटौती गर्ने विषयमा छलफल भएको होइन, प्रधानमन्त्रीसँग कुरा गर्छु’
२० वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कटौति भएका सार्वजनिक बिदा पुनरावलोकनको पहल गर्ने बताएका छन् । उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताएका छन् । आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुसँगको भेटमा प्रचण्डले समुदायसँग छलफल नगरी विदा कटौती गर्दा समस्या आएको भन्दै पुनरावलोकनको पहल गर्ने बताएका छन् । गत चैत १४ गते बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा कटौतीको निर्णय गरेको थियो । विदा पुनरावलोकनको पहल गरिदिन आग्रह गर्दै आदिवासी जनजाति नेताहरु बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले सरकारले हटाएका सांस्कृतिक पर्वका विदा पुनरावलोकनको पहल गरिदिन माग गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्