Daily Archives: 02/05/2018

पत्नीपीडित पुरुषका उजुरीको चाङ


रविन भट्टराई
बिर्तामोड : ‘म विदेशमा भएका बेला श्रीमतीले सम्बन्धविच्छेद गरिछन्, धनसम्पत्ति पनि सबै सकिछन्। मेरो त बिजोक नै भयो’, दुई महिनाअघि बिर्तामोड नगरपालिका–५ का एक युवक ब्रह्मलाल आचार्य बिर्तामोडको न्यायिक समितिमा पुगेर आफ्नो पीडा सुनाउँदै थिए। न्यायिक समिति संयोजक नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले ती युवाको सबै कुरा सुनिन्। उपप्रमुख प्रसाईंले आचार्य बिरामी रहेको थाहा पाइन्। उपप्रमुखले ती युवालाई सल्लाह दिँदै भनिन्, ‘पहिले उपचार गरेर तपाईं निको हुनुस्। अनि समितिमा यस’bout कुरा गरौंला।’ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सुन तस्करीका ६२ अभियुक्तविरूद्ध मुद्दा दर्ता हुँदै, को–को परे ? (नामावलीसहित)


काठमाडौं, १९ वैशाख । विमानस्थलबाटै तस्करीको साढे ३३ किलो सुन गायब बनाएको अभियोगमा उच्च प्रहरी अधिकारीसहित ६२ जनाविरूद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता हुँदैछ । तस्करी र त्यसका भरिया उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध मुद्दा दर्ता हुन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्