Daily Archives: 01/05/2018

भारतीय प्रधानमन्त्री मोदी पटनाबाट सीधै जनकपुर आउने, ओलीले स्वागत गर्ने तयारी


१८ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा काठमाडौं नभई जनकपुरमा उत्रने भएका छन् । त्यहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ । मोदी दुईदिने भ्रमणका लागि २८ गते नेपाल आउने कार्यक्रम छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का अनुसार भारतीय प्रधानमन्त्री मोदी पटनाबाट हेलिकोप्टर चढेर सीधै जनकपुर आउनेछन् र त्यहाँ जानकी मन्दिरमा पूजा गर्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कतारले विदेशी कामदारको न्यूनतम तलब वृद्धि गर्ने


दोहा । कतार सरकारले सन् २०१८ को अन्त्यसम्ममा विदेशी कामदारका लागि निर्धारण गरिएको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने संकेत गरेको छ । सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले श्रमिकमाथि गरिएको व्यवहारका कारण आलोचना भोगेपछि श्रम नीतिमा परिमार्जन गर्ने तयारी गरेकाे हाे । अन्तर्राष्ट्रिय श्रम संगठनका महासचिव सरण बुरोजले कतारी श्रममन्त्रीसँगको भेटपछि भनिन्– यसै वर्षको अन्त्यसम्ममा विदेशी कामदारका लागि तोकिएको न्यूनतम तलब बृद्धि गर्ने हामीले संकेत पाएका छौं, यो खुसीको खबर हो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

मजदुर दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भने, ‘न्यूनतम ज्याला वृद्धि गर्ने योजना छ’


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेर श्रमजन्य कार्यमा संलग्न रहेका सम्पूर्ण श्रमजीवीलाई सुख, समृद्धि र मर्यादित जीवनका लागि शुभकामना दिएका छन् ।  उनले सबै श्रमिकलाई देशको आर्थिक सामाजिक रूपान्तरणमा पूर्ण क्षमताको सदुपयोग गर्दै संलग्न रहन प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन् । नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै प्रधानमन्त्रीले यस अवसरमा नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति उच्च सम्मान प्रकट गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्