Monthly Archives: मे 2018

सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण


१७ जेठ, बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

ओलीको चीन भ्रमणको टुंगो लाग्यो, असार पहिलो साता बेइजिङ जाने


काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी ओली असार पाँच गते चीन भ्रमणमा जाने भएका छ । ओली चीनमा पाँच दिन रहनेछन् ।
असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् । सरकारले ओलीको चीन भ्रमण कार्यक्रमलार्इ गोप्य राखेको छ । ओलीको चीन भ्रमणको कार्यक्रमको टुंगो दुवै देशले बुधबार फाइनल गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

ट्रयापमा परें : अर्थमन्त्री


सांसदलाई बजेट
कृष्ण आचार्य
काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले विवादास्पद ‘निर्वाचन क्षेत्र विकास’ सँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिन आफू बाध्य भएको बताएका छन् । ‘नखाऊँ भने केको सिकार, खाऊँ भने केको अनुहारजस्तै भयो,’ बजेट’bout बुधबार पत्रकार सम्मेलनमा उनले भने । संसद् बाहिरको जनमत विरोधमा भए पनि संसद्भित्र राजनीतिक सहमति भएकाले बाध्यतामा परेको उनको भनाइ थियो । ‘संसद्बबाहिर यो दिनै हुँदैन भन्ने थियो, तर संसद्भभित्र राजनीतिक सहमतिमा नभई हुँदैन भन्ने थियो,’ उनले भने, ‘म हालको अवस्थामा दुवैको प्रतिनिधित्व गर्ने भएँ, बीचको बाटो रोजें ।’ पढ्नेक्रम जारी राख्नुहोस्

आखिर किन बढेन बृद्धभत्ता ?


काठमाडौँ, १५ जेठ । सरकारले बृद्धभत्ता बढाउने आशमा बसेका बृद्धभत्ताहरुलाई निराशा बनाएको छ । आगामी आर्थिक बर्षबाट मासिक पाँच हजार रुपैँया बृद्धभत्ता पाउने आशमा बसेका बृद्धबृद्धाहरुलाई यो बजेटले खुसी ल्याउन सकेन । अहिले जेष्ठ नागरिकहरुले मासिक २ हजार रुपैँया बृद्ध भत्ता पाउँदै आएका छन् । तत्कालिन एमाले र माओवादीले गएको चुनावमा बृद्धभत्तालाई पाँच हजार रुपैँया पुर्याउने घोषणा गरेका थिए । तर, चुनावका बेला गरिएको त्यो घोषणा मंगलबारबाट आश्वासनमा मात्रै सीमित भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बजेटमा कांग्रेसको प्रतिक्रियाः हात्ती आयो हात्ती आयो फुस्सा !


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटलाई हात्ती आयो हात्ती आयो फुस्सा भएको दावी गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निति तथा कार्यक्रम र घोषणा प्रत्रमा उल्लेख भएका कुरा बजेटमा नआउने दुःखद भएको बताउँनुभएको छ । बजेट र निति तथा कार्यक्रम बीच तादम्यता नभएको बताउनुभएको छ ।

१३ खर्ब १५ अर्बको बजेट: वित्तीय अनुशासनको प्रयास


गोकर्ण अवस्थी
काठमाडौँ — चुनावी घोषणापत्र र आम अपेक्षाविपरीत अर्थमन्त्री युवराज खतिवडाले कम महत्त्वाकांक्षी बजेट सार्वजनिक गरेका छन् ।सांसदलाई सिधै रकम दिने विगतको विवादास्पद कार्यक्रमलाई केही कडाइ गरेर निरन्तरता दिइए पनि अन्य क्षेत्रमा वित्तीय अनुशासन कायम राख्न खोजिएको छ । आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँ खर्च गर्ने योजना सरकारको छ । ८ खर्ब ४५ अर्ब चालु र ३ खर्ब १३ अर्ब पुँजीगत खर्च छ । वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । ८ खर्ब ३१ अर्ब राजस्वबाट आउने अपेक्षा सरकारको छ । २ खर्ब ५३ अर्ब वैदेशिक ऋण, ५८ अर्ब वैदेशिक अनुदान पाइने अनुमान छ । पढ्नेक्रम जारी राख्नुहोस्

म्याच फिक्सिङमा मुछिएका फुटबलर अञ्जन आईपीएलको बाजी लगाउँदा पक्राउ


१५ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार बिहान गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठलगायतलाई पक्राउ गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

रिहा भए बालकृष्ण ढुंगेल, डिल्लीबजारमा भव्य स्वागत


काठमाडौं, १५ जेठ । हत्या अभियोग सर्वस्वसहित जन्मकैद पाएका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल रिहा भएका छन् । गणतन्त्र दिवसका अवसर पारेर सरकारले ढुंगेललाई मंगलबार रिहाइ गरेको हो । डिल्लीबजारमा जम्मा भएका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता र आफन्तले ढुंगेललाई स्वागत गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्