Monthly Archives: अप्रील 2018

आदरणीय दाजु पुर्ण लामालाई शुभकामना !!


“नमो बुद्ध युवा क्लबदेखि युवा संघ नेपाल केन्द्रिय सचिब सम्म”

आजभन्दा साढे तीन दसक पहिला विश्वकै पर्यटकिय क्षेत्रमा चिरपरिचित नेपालकै केन्द्र बिन्दुको रुपमा अबस्थित चारैतिर हिमालले घेरिएको विभिन्न तालतलैयाको सहर पोखराबाट झन्डै २५ किमि पुर्बमा अबस्थित रमणीय गाउँ तत्कालिन सैमराङ वार्ड नं. ६ हालको मादीगाउपालिका पढ्नेक्रम जारी राख्नुहोस्

भूकम्प पुनःनिर्माण अनुदानः आवास निर्माण नगरे ५० हजार फिर्ता गर्नुपर्ने


कालिका खड्का, दोलखा । भूकम्पका कारण भत्किएका निजी आवास निर्माणका लागि सरकारी अनुदान लिएर आवास नबनाउनेले पहिलो किस्ता रु ५० हजार फिर्ता गर्न थालेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि दिइएको सरकारी अनुदानको सदुपयोग गरेर भवन निर्माण नगरे अन्य खालको सुविधासमेत कटौती गर्ने भएपछि निजी आवास निर्माण नगर्नेले पहिलो किस्ता बापत लिएको रु ५० हजार फिर्ता गर्न थालेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

एमालेका नेतालाई थाहा नभएको कुरा प्रचण्डले रौतहट पुगेर यसरी खोले


रौतहट, १३ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् ।
रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष दाहालले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ ।’ पार्टी एकता जनताबाट अनुमोदित विषय भएको उल्लेख गर्दै दाहालले यसमा बिलम्ब गर्नु नहुने बताए । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

३३ किलो सुन र सनम हत्या प्रकरणमा नयाँ ‘मोड’, बयान दिन आएका डिएसपी गृहबाटै ‘फरार’


काठमाडौं, १२ वैशाख । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयमा बयान दिइरहेका डिएसपी सञ्जय राउत एक्कासि बेपत्ता बनेपछि छानविन समितिका सदस्यहरूमाथि शंका उब्जिएको छ । बयान नसकिँदै मंगलबार अपरान्ह राउत फरार भएको घटना रहस्यमय बनेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख समेत रहेका उनी बयान नसकिँदै अचानक फरार भएपछि पक्राउ गर्न गृह मन्त्रालयमा रहेको प्रहरी अधिकारी परिचालन गरिएको स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

धरहराको ठुटोमुनि प्रधानमन्त्रीको सम्बोधन- कोदालो र डोको बोक्न तयार छु


१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ सालको भुइँचालोले भत्काएको धरहराको जीर्ण ठुटोकै छेउमा उभिएर सम्बोधन गर्दै भने- मेरो धरहरा मै बनाउँछु । यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने, खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु । प्रधानमन्त्री ओलीले दुई वर्षअघिको नारा सम्झँदै भने- ‘मैले ०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा । यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।’ पढ्नेक्रम जारी राख्नुहोस्

महाभूकम्पपछि नेपालीलाई दिइएको ‘टीपीएस’ खारेज गर्ने तयारीमा ट्रम्प प्रशासन, ९००० नेपालीले अमेरिका छोड्नुपर्ने !


वासिङ्टन — महाभूकम्प गएको तेस्रो वर्ष पुगेको दिन अमेरिकामा टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा लिएर बसोबास गरिरहेका नेपालीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलै झट्का दिने तयारी गरेका छन् । अमेरिकी पत्रिका द वासिङटन पोष्टको अनलाइन संस्करणका अनुसार ट्रम्प सरकारले २०७२ बैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि तत्कालिन बराक ओबामा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई दिएको टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस)लाई खारेज गर्ने तयारी गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

गजल (बुवाअामाकाे सपना)


सानु लामा, कुवेत


अाए म मरभुमि परदेश साहुकाे रिनले अाए
बुवा अामाकाे सपनाहरू साकार गर्न अाए

अामा बुवाकाे दुख पिडाहरू देख्न सकिन
घरपरिवारकाे सुखकाे लागाी नै परदेश अाए

जग्गा जमिन साहुले लगे भाइ बहिनी साना
रिन साहुकाे कारणले नै अाज म परदेश अाए पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा २५६२ औं बुद्ध जयन्ती मनाईदै, जनजाती महासंघको पनि साथ


कुवेतमा रहेका नेपालीहरुले २५६२ औं बुद्ध जयन्ती मनाउने भएका छन् | कुवेतमा रहेका नेपाली संघ संस्थाहरुको प्रतिनिधित्वमा तामाङ घेदुङ कुवेतको आयोजना तथा आदिवासी जनजाति महासंघ कुवेतको संयोजकत्वमा शान्तिका अग्रदुत भगवान बुद्धको २५६२ औं जन्मोत्सव अप्रिल ३० मनाउने आदिवासी जनजाती महासंघका महासचिब अमृत तामांगले जानकारी दिए | लामो समयदेखि तामाङ घेदुङ कुवेतले निरन्तर रुपमा मनाउँदै आइरहेको बुद्ध जयन्ती यसपालि भने आदिवासी जनजाति महासंघ कुवेतको संयोजकत्वमा, कुवेतस्थित महासंघमा आवद्ध सबै जातीय संस्थाहरुको सहकार्यमा फर्वानियास्थित अल हाइतम इन्डियन रेस्टुरेन्टमा साँझ ५ बजेबाट मनाउने आयोजकले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्