देउवाले बोलाए निर्वाचित पदाधिकारी र सदस्यहरूको मात्रै बैठक, जम्मा भए नेताहरू सानेपामा


काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि लागि आज निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीहरूको बैठक बोलाएका छन् । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान साढे आठ बजे बैठक बस्दै छ । १३ औं महाधिवेशन सकिएको दुई वर्ष नघिसक्दा पनि देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीजस्तो प्रभावशाली पदमा मनोनयन गर्न सकेको थिएनन् ।

निर्वाचन समीक्षामा तीव्र आलोचना खेपेका देउवाले आफू इतरका नेताहरुलाई पदाधिकारीमा ल्याउने तयारी गरेका छन् । उपसभापतिमा विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारको दाबी रहँदै आएको छ । महामन्त्री छान्न पनि देउवालाई मुश्किल रहेको एक नेताले बताए । ६०–४० देखाएर पौडेल पक्षले महामन्त्रीमा दाबी गरेपनि पौडेल पक्षको नाम देउवाको पोल्टामा अटेको छैन । महामन्त्रीमा पूर्णबहादुर खड्काको नाम पहिलो नम्बरमा रहेको छ । खड्का सुशील कोइराला सभापति हुँदा देउवा पक्षबाट सहमहामन्त्री भएका थिए ।

डा.प्रकाशशरण महत, बालकृष्ण खाण र ज्ञानेन्द्र कार्कीको नाम पनि सहमहामन्त्रीको लाइनमा छ ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )