Daily Archives: 30/04/2018

फेवाताल अतिक्रमण गरेर बनाएका संरचना भत्काउन सर्वोच्चको आदेश


प्रशान्त लामिछाने
काठमाडौं– सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश दिएको छ। अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको रिटमा आदेश जारी गर्दै ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्व प्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्दै फेवा क्षेत्रलाई जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्न आदेश जारी गरेको छ। पर्यटकीय क्षेत्रलाई बचाउन र तालको चरिचरणमा पर्ने जग्गा व्यापारिक प्रयोजनमा लगाउन नमिल्ने भन्दै तत्काल भत्काउन सरकारको नाममा दिएको हो। कानूनी प्रक्रिया पुरा गरेर बनाएका संरचनाको क्षतिपूर्ती दिएर भत्काउन भनएिको छ। सर्वोच्चले लामिछाने प्रतिवेदन अनुसार फेवातालको क्षेत्रको समेत निर्धारण गरेको छ। नागरिक न्यूजले फेवाताल अतिक्रमण’bout निरन्तर रिपोर्टिङ गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आज २५६२अौ बुद्धजयन्ती : यसरी मनाइँदै छ लुम्बिनीमा बुद्धजयन्ती


सलमान खान
भैरहवा : विश्व सम्पदा सूचीमा सूचीकृत एवं शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा धुमधामका २५६२ औं बुद्धजयन्ती मनाइँदै छ। विश्वका अधिकांश मुलुकबाट भिक्षु, बौद्धमार्गी एवं व्यक्तिहरू बुद्धजयन्ती मनाउन लुम्बिनी आएका छन्। यस वर्षको बुद्धजयन्ती समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पर्यटन मन्त्री रवीन्द्र अधिकारी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, एनआरएन अध्यक्ष भवन भट्टलगायत देश विदेशका विशिष्ट पाहुनाहरू आउने भएपछि लुम्बिनीमा चहलपहल बढेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

देउवाले बोलाए निर्वाचित पदाधिकारी र सदस्यहरूको मात्रै बैठक, जम्मा भए नेताहरू सानेपामा


काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि लागि आज निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीहरूको बैठक बोलाएका छन् । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान साढे आठ बजे बैठक बस्दै छ । १३ औं महाधिवेशन सकिएको दुई वर्ष नघिसक्दा पनि देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीजस्तो प्रभावशाली पदमा मनोनयन गर्न सकेको थिएनन् ।

निर्वाचन समीक्षामा तीव्र आलोचना खेपेका देउवाले आफू इतरका नेताहरुलाई पदाधिकारीमा ल्याउने तयारी गरेका छन् । उपसभापतिमा विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारको दाबी रहँदै आएको छ । महामन्त्री छान्न पनि देउवालाई मुश्किल रहेको एक नेताले बताए । ६०–४० देखाएर पौडेल पक्षले महामन्त्रीमा दाबी गरेपनि पौडेल पक्षको नाम देउवाको पोल्टामा अटेको छैन । महामन्त्रीमा पूर्णबहादुर खड्काको नाम पहिलो नम्बरमा रहेको छ । खड्का सुशील कोइराला सभापति हुँदा देउवा पक्षबाट सहमहामन्त्री भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

उदीयमान शक्तिको मिलन: के गर्दै छ नेपाल ?


चन्द्रशेखर अधिकारी
नेपालमा परम्परागत शक्तिको प्रभाव बढ्न सक्छ’
काठमाडौँ — २१ औं शताब्दी अब एसियाको नेतृत्वमा रहने ‘भाषा’ लाई पछिल्ला दुई कूटनीतिक घटनाक्रमले आशामा परिणत गरिदिएको छ । चीन र दक्षिण कोरियामा भएको फरक–फरक तर महत्त्वपूर्ण राजनीतिक घटनाक्रमले यस्तो आशा जगाएको हो । विश्व राजनीतिको नेतृत्व फेरि एक पटक एसियाले लिने सशक्त संकेतका रूपमा यो घटनाक्रमलाई लिइएको छ । केही महिनायता यस क्षेत्रमा अप्रत्याशित कूटनीतिक घटनाक्रम देखा परिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्