मोदी भ्रमणको तयारी–रेलमार्ग’bout समय तोकेर सम्झौता गरिने


चन्द्रशेखर अधिकारी
काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा भएका तीन सहमति कार्यान्वयनमा ल्याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा काठमाडौंमा सम्झौता गर्ने गृहकार्य अघि बढेको छ । ‘गेम चेन्जिङ’ सहमति भनिएको तीन फरक–फरक विषयमा काठमाडौंमा सम्झौताको तयारी अघि बढेको जानकारी परराष्ट्र मन्त्रालयको उच्च स्रोतले दियो । सहमतिमा नै समयसीमाको खाका प्रस्तुत भएकाले सम्झौताको तयारी भएको हो । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएको सहमतिलाई भारतका विदेश मन्त्रालयले ‘गेम चेन्जिङ’ सहमतिको संज्ञा दिएको थियो । गत चैत २५ मा भएको ओलीको तीनदिने भारत भ्रमणका क्रममा दुई देशबीच रक्सौलदेखि काठमाडौं रेल, इनल्यान्ड वाटर कनेक्टिभिटी र कृषि क्षेत्रमा नवीन साझेदारी’bout सहमति भएको थियो । यसलाई सम्झौतामा बदल्नदुवै देशका अधिकारी आपसी छलफलमा छन् ।

सहमतिअनुसार रेलमार्गको अध्ययनसम्बन्धी सम्झौताको तयारी छ । सरकारले प्रस्तावित पूर्वपश्चिम रेलमार्गमा भारतको सिलिगुडी हुँदै बंगलादेशबाट आउने रेलको अन्तर्राष्ट्रिय लिंक पनि जोड्नुपर्नेसर्त राख्ने तयारी गरेको छ । सम्झौता गर्ने औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ ।

सहमतिलाई सम्झौतामा ढाल्ने गरी प्रक्रिया अघि बढेको परराष्ट्र अधिकारीले सुनाए । भारतीय सीमावर्ती रक्सौलदेखि काठमाडौंसम्म नयाँ विद्युतीय रेल जोड्ने गरी यसमा छलफल अघि बढेको हो । भारतले यसअघि गरेका सम्झौता समयमा कार्यान्वयन सुरु नगरेको परिवेशमा अब समयसीमासहितको सम्झौता हुने अधिकारीले बताए । दिल्लीमा भएको यससम्बन्धी सहमतिमा पनि समयसीमा तोकिएको छ ।

रेल निर्माणको प्रारम्भिक अध्ययन एक वर्षभित्र सक्ने समयसीमा तोकेर सम्झौता गरिने परराष्ट्र उच्च स्रोतले बतायो । न्यु जलपाइगुडी–काँकडभिट्टा र नौतनवा–भैरहवा तथा नेपालगन्ज रोड (भारत)–नेपालगन्ज रेलमार्ग अध्ययन पनि अघि बढाउने गरी सम्झौताको तयारी छ ।

चीनले पनि काठमाडौं, पोखरा र लुम्बिनीसम्म रेल पुर्‍याउने बताए पनि ठोस सम्झौता हुन सकेको छैन । नेपाल–भारतबीच जलमार्ग विस्तार’bout पनि सम्झौता हुने सम्भावना छ । पटनासम्म नेपालको कन्टेनर ल्याउन दिन भारतसमक्ष माग गर्ने नेपालको तयारी छ । त्यहाँ भारतले गंगा नदीमार्फत इनल्यान्ड वाटर वे बनाउँदै छ । अहिले पटनासम्म आउने इनल्यान्ड वाटर वेसम्म नेपाली सामान ल्याउन सकिने गरी व्यवस्था गर्ने’bout सम्झौताको तयारी भएको हो । त्यसमा भारतले अझै स्पष्ट धारणा व्यक्त गरेको छैन तर जलमार्ग प्रयोग गर्ने सहमति भने दिल्लीमै भएको छ ।

सगरमाथाको देशलाई सागरसँग जोड्ने प्रतिबद्धता जनाएका भारतीय प्रधानमन्त्री मोदी पटनासम्मको पहुँच’bout नै स्पष्ट छैनन् । त्यो इनल्यान्ड नेपाली सीमाबाट १ सय ५० किमि मात्र टाढा छ । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलमा इनल्यान्ड वाटर वेलाई समेत समावेश गर्ने विषय यही भ्रमणमा सम्झौता हुने बताइए पनि परराष्ट्र अधिकारी यस’bout बोल्न चाहेनन् । कृषि अनुसन्धान, प्रांगारिक मलको अनुसन्धानका लागि पनि सम्झौता गर्ने तयारी छ । भारतले अघि सारेको ‘रामायण सर्किट’ का विषयमा पनि छलफल चलिरहेको एक अधिकारीले जनाए । अरुण तेस्रो र पनौतीको प्रहरी एकेडेमी शिलान्यास पनि त्यही समयमा हुनेछ । अन्य विभिन्न दुईपक्षीय सहकार्य’bout पनि छलफल भइरहेको जनाइएको छ ।

मोदी आगामी २८ गते नेपाल आउँदैछन् । उनले जनकपुरको भ्रमण गर्नेछन् भने काठमाडौंमा उच्चस्तरीय भेटघाट गर्नेछन् । संयुक्त पत्रकार सम्मेलनको पनि तयारी छ ।

सम्झौता हुने प्रमुख विषय
– रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन
– जलमार्ग विस्तार र प्रयोग
– कृषि, प्रांगारिक मल अनुसन्धान
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w