विष्णुप्रसाद देवकोटा
महेन्द्रनगर : भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नजिकिँदै गएका बेला कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास क्षेत्रमा भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती बढेको छ। एसएसबीले पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले जंगली जनावरको आतंकबाट बच्न लगाइएको तारबार उखेलेर फालिदिएको छ। भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न विद्युतीय तारबार लगाउन खोज्दा भारतीय पक्षले अवरोध गरेको हो। नेपाल–भारत सीमा पिल्लर १९१ देखि १ सय ९४ सम्म नेपाली पक्षले आफ्नै भूभागमा लगाउन खोजेको तारबार भारतीय पक्षले निकालेर फालिदिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/04/2018
पुनर्वास क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ज्यादती
Posted in नेपाल समाचार
३३ किलो सुनकाण्डमा पूर्वआईजीपीसहितका ठूला ‘माछा’हरू तानिए, फस्ने भए यी भीआइपीहरू
काठमाडौं, १५ वैशाख । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा गृह मन्त्रालयको छानविन समितिले पूर्व आईजीपी प्रकाश अर्यालसंग पनि बयान लिने भएको छ । बयानका लागि उनलाई छिट्टै समितिमा बोलाउने तयारी भएको छ । स्रोतका अनुसार आइतबार अपराध महाशाखा काठमाडौंका पूर्वप्रमुख एसएसपी दिवेश लोहनीको बयान लिए लगत्तै समितिले पूर्वआईजीपी अर्यालसंग बयान लिन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मोदी भ्रमणको तयारी–रेलमार्ग’bout समय तोकेर सम्झौता गरिने
चन्द्रशेखर अधिकारी
काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा भएका तीन सहमति कार्यान्वयनमा ल्याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा काठमाडौंमा सम्झौता गर्ने गृहकार्य अघि बढेको छ । ‘गेम चेन्जिङ’ सहमति भनिएको तीन फरक–फरक विषयमा काठमाडौंमा सम्झौताको तयारी अघि बढेको जानकारी परराष्ट्र मन्त्रालयको उच्च स्रोतले दियो । सहमतिमा नै समयसीमाको खाका प्रस्तुत भएकाले सम्झौताको तयारी भएको हो । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएको सहमतिलाई भारतका विदेश मन्त्रालयले ‘गेम चेन्जिङ’ सहमतिको संज्ञा दिएको थियो । गत चैत २५ मा भएको ओलीको तीनदिने भारत भ्रमणका क्रममा दुई देशबीच रक्सौलदेखि काठमाडौं रेल, इनल्यान्ड वाटर कनेक्टिभिटी र कृषि क्षेत्रमा नवीन साझेदारी’bout सहमति भएको थियो । यसलाई सम्झौतामा बदल्नदुवै देशका अधिकारी आपसी छलफलमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार