सरकार सक्छौ भने भिडलाई नियन्त्रण गरेर देखाऊ


दीपा आले

खचाखच भरिएको २३ नं. रुटको गाडी अगाडि बढ्दैछ । खलासी भाई कराउँदै लैनचोर, ठमेल, रेडन, सामाखुसी, सेन्हसा भन्दै गाडी डयाप डयाप गर्दैछ । चालकले बाक्लो भिडलाई थिचोल्दै गाडी आफ्नै गतिमा अगाडि बढाउंदैछ । किन कि गाडी चालकहरुमा पनि को भन्दा को कम भन्ने प्रतिस्पर्धा त्यो भिडमा मज्जाले देख्न पाईन्छ ।

गाडी आफ्नै रफ्तारमा आएर भृकुटीमण्डपको २३ नं. रुटमा पुगेपछि गति कम गर्छ । लामो समयदेखि गाडीलाई पर्खिबसेका यात्रुहरु धकलाधकल गरेर गाडी भित्र पस्छन् । कोहीले सिट पाउँछन् त कोहीले सिट नपाएर कोचाकोच गरी उभिएर आफ्नो गन्तव्यतिर जाने बाध्य हुन्छन् । उक्त गाडी फेरी सुन्धारामा आएर झयाप्प रोकिन्छ । मानिसहरु ठेलाठेल गरेर गाडीमा पस्छन् तर त्यही भिडमा उभिएकी एक जना वृद्ध आमा पनि गाडी पर्खिएर बसेकी हुन्छिन् । उनी गाडी आएको देखेर जसोतसो हातमा समातेको लौरोको साहाराले दौडिदै गाडी भित्र प्रवेश गर्न खोज्छिन् तर त्यो भिडको ठेलाठेलले गर्दा ति वृद्ध आमा गाडी भित्र र्छिनै सक्दीनन् । त्यतिकैमा ट्राफिक प्रहरीले सिटी फुक्छ त्यसपछि हाइस गाडी फेरी तिब्र गतिमा अगाडि बढ्छ र झ्याप्प ब्रेक लगाउंछ । किन कि बाक्लो भिडको कारण बाटो जाम छ ।

गाडी फेरी आफ्नै गतिमा सिङ्गगोरी खेले झै तिव्र गतिमा अगाडी बढाउदै जमल पुग्छ । सार्वजनिक गाडी नै हो सर्वसाधरण जनतालाई नबोकी सुख्ख कहां पाउँछन् र फेरी पर एक जना भिडमा हातमा लौरो समातेर अर्का वृद्धा वुवा गाडीको परखाईमा उभिएको दृश्य जोकोहीले पनि देख्न सक्छ । गाडी ति वृद्ध वुवा बसेको ठाँउ नजिक पुगेर गति कम गर्छ ति वुवा जसो तसो गाडीमा चड्न पुग्छन् तर गाडी भित्र यात्रुहरु खचाखच भरिएका छन् । कोही दुई सिटमा पनि तीन जना कोचिएर बसेका छन् भने कोही उभिएर कोचाकाच ठेलाठेल गरी गाडीमा यात्रुहरु भरिएरका छन् । गाडीले क्षमता भन्दा बढी यात्रु बोक्दै गरेको दृश्य देख्न सकिन्छ । युवा युवतीहरु त उभिएर कष्ट सहेर पनि यात्रा गर्छन् तर ति वृद्ध वुवा लौरोको भरमा थरथर कापेर उभिएको देख्दा सायद जो कोहीलाई पनि दर्द नहोला भन्न सकिदैन । तर गाडीमा बसेका यात्रुहरु नचाहेर पनि त्यो दृश्य हेर्न बाध्य हुन्छन् तर मद्दत गर्न सक्दैनन् । मद्दत पनि कति दिन गरेर साध्य हुन्छ र त्यो भिडमा । एक दिन होइन दुई दिन होईन सधैं यस्ता खाले दृृश्यहरु देखेर यहांका यात्रुहरुलाई सामान्य भईसकेको छ । तर त्यो रहर नभएर ’emको बाध्यता हो ।

हुन त गाडी सिटमा वृद्धवृद्धाकालागि भनेर आरक्षण सिट त २ वटा तोकिएको छ तर गाडी चड्ने रुटबाट नै आ आफ्नो गन्तब्यमा जाने यात्रुहरु पहिल्यै बसिसकेका हुन्छन् विच बाटोबाट त्यो सिटमा बसिरहेका यात्रु उठुन पनि कसरी ? किन कि त्यहॉ उठेर खुटटा सार्ने ठाउं नै हुंदैन । चालकले आफै तालमा गाडीलाई सिंगारु खेलाए झै अघि बढाउदै छ । चाहे गाडी भित्र ठेलिएर बसेका यात्रुहरु लोटुन कि चेपुवामा परुन उनीहरुलाई बाल मतलब छैन किन कि जति धेरै यात्रु गाडीमा राख्न सकियो उत्ति धेरै पैसा आउंछ भन्ने उनीहरुको सोंच होला । कहिले एक्कासी झयाप ब्रेक लगाउंदा गाडी भित्रका मानिसहरु पछाडी बसेका पनि घिस्रिएर अगाडि पुग्छन् त्यसमा अझ कमजोर महिला बालबालिका र वृद्धवृद्धाको हालत के होला आफै बुझ्न सकिन्छ । गाडी भित्र बसेर आफ्नो गन्तब्य सम्म नपुक्दासम्म आनन्दले बस्ने बातावरण छैन कति बेला चालकले झयाप ब्रेक लगाउने हो र लड्ने हो । त्यसैले गाडीमा बस्ने यात्रुहरुले पनि सिटलाई कि त अर्को व्यक्तिलाई समातेर बस्नु पर्ने बाध्यता जस्तै भई सक्यो । गाडि भित्र राम्रो सिट पाउनु भनेको सौभाग्य जस्तो भईसक्यो । त्यति खुशी त नेताले चुनाव जित्दा पनि महसुस गर्दैनन् होला ।

हामी सँगै गाडीमा बसेका ति वृद्ध वृद्धा गाडी चालकको गाडी चलाउने स्टाइल र ठेलाठेल भिडको कारण जमलबाट लैनचोर सम्म पनि उभिन नसकेर बाटैमै ओरलिन बाध्य हुन्छन् । किन कि गाडी भित्रको कोचाकोच भिड र सधैंको सास्तीपूर्ण जामले गर्दा २० मिनेटको बाटोमा पैतालिस मिनेट देखि १ घण्टा प्रायः यात्रुहरुले जाम खेप्नु पर्छ । गाडी भित्र उभिएर ढाड कुप्रो पारेर बस्ने यात्रुहरुको पीडाको कुरा त के गर्नु । सुरु सुरुमा बानी नपरेका यात्रुहरु त आफूहरुलाई ठूलै संजाय भोग्नु परेको महसुस गर्छन् । पछि विस्तारै बानी परेपछि मजबुर भएर पनि केही समय जामको सास्ती खेपेर आफ्नो गन्तब्यमा पुग्नकोलागि सहेर बस्ने गर्छन् । सायद यस्तो सास्ती त मोफसलबाट काठमाडौंकालागि मम बनाउने भनेर ट्रकमा बांधेर लिएका भैसीहरुले पनि खेप्नु पर्दैन होला ।

यो त एउटा गाडी चढ्दासम्मको पक्ष मात्र हो यस्ता विभिन्न विषय र क्षेत्रमा कति हो कति सर्वसाधरण जनताले विना कारण समस्या भोगिरहेका छन् जुन समस्यालाई उजागर कसले र कसरी गर्ने भन्ने कुरा ठूलो हो । तर ठूला बढाहरु आलिसान घर र चिल्ला गाडीमा सुरक्षाका साथ हिड्नु सिवाय अरु केही उपलब्धी गर्न सकेका छैनन् । यदि उनीहरुले चाहने हो भने काठमाडौं मात्र होइन यो नेपाललाई स्वर्ग बनाउन सक्छन् । जुन शान र ईज्जत कसले गर्दा भएको हो भन्ने कुराको पनि उनीहरुलाई हेक्का छैन यदि हेक्का र अलि कति भए पनि चेत हुन्थ्यो त आज राजधानी जस्तो ठाउंमा यस्तो खालको समस्या जमानामा समाधान भईसक्थ्यो होला । तर उनीहरुलाई आफ्नै सोखिन जीवनमा लालायित र सत्ता मोहमा लिप्त छन् जसले गर्दा जनताको समस्या जिउको तिउ छ ।

यदि साँच्चै नै जनताका सेवकहरुले जनताको हितकोलागि म शक्ति र सत्तामा पुगेको हो भन्ने महसुस गर्ने हो भने असम्भव भन्ने केही छैन । लामो समयदेखि जडो गाडेर बसेको तानाशाही सामान्ती राजतन्त्रलाई त जनताले घुंडा टेकाएर देशमा लोकतान्त्रिक गणतन्त्र भित्र्याइ सकेको जिउँदो ईतिहास हामी मांझ छ । त्यति मात्र होइन क्रुर र तानाशाही जनताप्रति दमन शोषण र अकुंश लगाउने राणा शासन र जंग बहादुरको घमण्डलाई कसरी जनताले चुर चुर बनाएर देशमा प्रजातन्त्रको उदय गराए यस्ता जिउंदो उदाहरणलाई हेरेर आजको शासक वर्गले जनताको सेवा र सुविधाकोलागि सोच्नु पर्ने हो तर शासक वर्गहरु आफ्नै थैली भर्न व्यस्त देखिन्छन् ।

उनीहरुकोलागि केवल नातावाद, क्रिपावाद र विचारबाद भएकाहरुलाई मात्र सेवा र सुविधा दिने राज्यको करोडौं ढुकुटी रित्याउने उनीहरुको व्यक्तिगत पेवा जस्तै भएका छन् जनता मरोस कि बाचोस उनीहरुलाई केही मतलब छैन् भन्ने कुरा जनताले भोग्नु परेको घटना र परिघटनाले देखाउंछ । तर जनताहरु आफ्ना जस्तो सुकै दुःख सहेर पनि रोजीरोटीकोलागि संघर्ष गर्न बाध्य छन् । आफूमा परेको पीडा सहेर बस्लान तर सम्बन्धीत ठाउंमा गएर उजुरी हाल्न सक्ने अवस्था अहिले पनि छैन । यदि कोही जनताले उजुरी हालि हाले पनि सहज तरिकाले न्याय पाउलान भन्ने आश नगरेपनि हुन्छ । के ति वृद्धवद्धा आमाबुवा, महिला बालबालिका, अपाङ्ग व्यक्ति यो देशको नागरिक होइनन र ? तर यो देशमा जसको हातमा डाडुुपन्यू छ उसैको रजाई चलेको छ । जसले गर्दा आज जनताको भावनालाई सम्बोधन गर्न नसक्नु मुख्य समस्या भएर देखिएको छ ।

जसरी दिनहुँ अरु यात्रुहरुले गाडीमा यात्रा गर्छन् त्यसरी नै यो लेखिका पनि आफ्नो लक्ष्य पुरा गर्न काठमाडौं भित्रि सकेपछि अन्य यात्रुहरु जस्तै दिनहुंको यात्रा गर्नुको अर्को विकल्प छैन । आफ्नो गृह जिल्ला बांकेबाट काठमाडौं बसाईको दिनदेखि आजसम्म यात्रा गर्दा कुनै दिन छैन होला सहज तरिकाले गाडीमा बसेर आफ्नो गन्तब्यमा पुगेको दिन । सुरु सुरको दिनमा यहांस्थित गाडि चालकको गाडी चलाउने तवरतरिका थाहा नपाउंदा धन्दै २३ नं. रुटको हाइस गाडीबाट र्ओलने बेला भिडले छिछोलेर टायरमा परेर धन्नै ज्यान गएन । त्यति मात्र होइन एक दिनको कुरो हो म सामाखुशीबाट २३ नं. रुटको गाडी चढेर आफ्नो कार्यालय तिर लाग्दै थिए लैनचोर क्रस गर्ने बेला एक जना मानिसले बाटो क्रस गर्न लागेको रहेछ सोही बेला उसलाई बचाउनकोलागि चलाकले तिव्र गतिमा चलेको गाडीलाई एक्कासी ब्रेक लगाउँदा म लगायत धेरै यात्रुहरु पछाडिको सिटबाट गाडीको ढोकासम्म पुगेर लडेका थियौ जुन घटनाले मेरो टाउको र घाँटीमा गहिरो चोट लाग्यो त्यो घटनाले मलाई १ महिना सम्म घाँटी फरकाउन समेत मिलेन म जस्तो युवालाई यात्रा गर्दा यस्तो सास्ती खेप्नु पर्छ भने अन्य निमुखा कमजोर र वृद्धवृद्धा, असायकोलागि के अवस्था होला हामी आफै सोच्न सक्छौं । आज पनि त्यो घटनाले झस्काउने गर्दछ यात्रा गर्दा कति बेला लडीने हो या चोट लाग्ने हो या त भिडमा चेपिएर हिंसा खेप्नु पर्ने हो भन्ने तनाव मनमा खेलिरहन्छ । सायद म जस्तै अरुले पनि सोचेको हुनु पर्छ किन कि यो बास्तविक घटना हो ।

हुन त सबै गाडी चालकले एउटै हुन्छन् भन्न खोजिएको होइन तर प्रायः यस्तै ढंगले चलाएको चालकहरु प्रत्यक्ष भेटिएका छन् जुन गाडीमा हामी यात्रा गरेर आफ्नो गन्तब्य तिर लागेका छौं । केही गाडी चालकको गाडी चलाउने तवर तरिकाले गर्दा यो ठाउंमा कुनै मानिसको दुर्घटना हुनु सामान्य जस्तै भई सकेको छ । हाइस गाडी भनौं या अन्य ठूला गाडी चलाउने चालकहरुको कमीकमजोरीको कारण सर्वसाधारण जनताहरुले सास्ती खेप्नु परेको छ । त्यति मात्र होइन को भन्दा को कम भन्ने प्रतिश्पर्धाका कारण चालकको कमजोरीले गर्दा र स्वयंम जनताहरुले जथाभावि बाटो क्रस गर्दा अकालमा ज्यान गुमाउनु परेको तितो घटना हाम्रो सामु जगजाहेर छ ।

यात्रा गर्दै गर्दा यस्ता प्रकारका भिडलाई कसरी नियन्त्रण गर्न सकिएला र ति वृद्ध वुवाआमाको समस्यालाई कसरी हल गर्न सकिएला त भन्ने गहिरो चिन्तनमा थिए । सोही क्रममा फेरी नाबालक बच्चा बोकेर दुई महिला गाडीमा चड्छिन् तर उनीहरुले पनि सिट पाउंदैन किन कि महिलाकोलागि छुटाइएको दुई सिटमा पहिलै अरु महिलाहरु बसेका थिए । २ महिला आरक्षण सिटमा ३ महिला कोचाकोच गरी बसेको दृश्य देखिन्थ्यो । त्यसपछि ति महिला बच्चालाई बोकेर ढाड कुप्रो पारेर गाडीमा केही समय सास नफेरेर बस्न बाध्य हुन्छिन् । बच्चा भिडको कोलाहलले गर्दा होला चिच्याई चिच्याई रोईरहेको हुन्छ तर गाडी भित्रका यात्रुहरु र स्यम बालकका आमा पनि ति नाबालकको रोधन सुन्नु सिवाय अरु विकल्प छैन । गाडी भित्र सास फेर्ने ठाउं हुंदैन तर पनि सांझ पर्न थाली सक्यो गाडी नपाउला भन्ने डरले ठेलाठेल गाडी भित्र उभिनु पर्ने बाध्यता छ किन कि सबैलाई समयमै घर पुग्नु छ ।

काठमाडौं बस्ने प्रत्येक निम्न र मध्यम वर्गका नेपाली जनताले भोग्नु पर्ने धेरै समस्याहरु मध्ये यो अझ सास्ती र मानसिक रुपमा पीडा दिने समस्या भित्र पर्दछ । किन कि विहान लगाएको सफा कपडा सांझ कामदेखि र्फकिएर आफ्नो गन्तब्य तिर आउंदा धुलो मैलोको कारण कपडा हेरिनसक्नु देखिन्छ यदि कुनै मानिसलाई नजिकबाट निहालेर हेर्ने हो भने । बरु गाउंघरमा खेतमा काम गर्ने किसानको कपडा बरु सफा होला तर राजधानीमा बसोबास गर्ने सर्वसाधारण जनताको कपडामा त्यति धेरै धुलो र मैलोले गन्ध आउने र फोहोर देखिन्छ । त्यो सबैको एउटै कारण सम्बन्धित निकायले राजधानीको फोहोर व्यवस्थापन गर्न नसक्नु हो ।

नेपाली समाजमा अझ पनि जनताले सुरक्षाको अनुभूति गर्न पाएका छैनन् हुन त देश भित्र लोकतान्त्रिक गणतन्त्र आई सकेको छ तर पनि समयमा आफ्नो गन्तब्यमा पुग्न सकिएन भने जनता स्वयं आफ्नो ज्यानको सुरक्षा नभएको अनुभव गर्दछन् । त्यसरी गाडी भित्र ठाउं नभएपनि गाडी चड्नु यात्रुहरुको रहर नभएर बाध्यता हो किन कि गाउँबाट आफ्ना सपना बोकेर राजधानी छिरेका हुन्छन् । सिमित साधन र स्रोतमा आफ्नो उच्च शिक्षा हासिल गर्नु पर्ने हुन्छ । त्यति मात्र होइन गास, बास र कपास शिक्षा, स्वास्थ्यको जोहो गर्नु परयो जसले गर्दा सार्वजनिक बसमा नचडी सम्भव हुंदैन । काठमाडौं जस्तो ठाउँमा एउटा विद्यार्थीले सधैं टेक्सी चडेर साध्य पनि हुंदैन । यसरी काठमाडौंमा बसोबास गर्ने नेपाली जनताहरुले प्रत्येक दिन यात्राका क्रममा सास्ती मात्र होइन यस्ता समस्याका कारण मानसिक रोगले पनि ग्रसित भएका छन् ।

नेपालको मुुटु मानिने काठमाडौं शहरमा अध्ययन गर्न होस या त यो स्थानमा आएर आफ्नो सुन्दर भविष्य बनाउने उद्देश्यले होस या त यो ठाउंमा आएपछि विदेश गएर काम गर्ने र पढ्ने सपना लिएर राजधानी भित्रिएका हुन्छन् तर बाहिरबाट जसरी काठमाडौंको ’boutमा चर्चा गरिन्छ त्यसरी नै यो ठाउंमा आएर अनुभव गर्दा जनताले आफूले खोजे जस्तो सपना पुरा नहुंदा निरास पनि हुने गर्छन् जिल्ला बाहिर खुला स्थानमा हिडेका मानिसहरु काठमाडौं छिरेपछि यहांको भिडभाड, तडकभडक, देखासिखी र बढदो जनसंख्याले वातावरणमा पारेको प्रदुषणका कारण केही समय सुरुमा आउंदा विरामी समेत पर्छन् र मानसिक तनाव झेल्न बाध्य हुन्छन् तर पनि आफ्ना सपना साकार बनाउन जस्तो सुकै समस्याहरु आई परेपनि सुन्दर भविष्यकोलागि काठमाडौंको भिडभाडमा रमाउन विवश छन् नेपाली जनताका सन्तानहरु । तर समय आफ्नै रफ्तारमा अघि बढी रहेको छ तर जनहितको लागि जति सुविधा र सुरक्षा राज्यबाट दिईनु पर्ने थियो आजसम्म पुरा हुन सकेको छैन । जसको मार प्रत्यक्ष सर्वसाधारण जनताले भोग्नु परेको छ । हुन त ठूला बढा र उच्च वर्गका व्यक्तिहरुलाई भने यस्ता समस्याले छेकबार गर्दैन किन कि उनीहरुको पासमा शक्ति सत्ता छ । उनीहरु जे चाहान्छन् सबै शक्तिको भरमा पुरा गर्छन् मर्ने र दुःख पाउने भनेका गरिब निमुखा जनताका छोराछोरी नै हुन् ।

काठमाडौं बसाईको पाँचौ वर्ष चल्दै गर्दा यात्राकै क्रममा धेरै सास्ती खेपियो । सोच्थे आज परिवर्तन नभएपनि भोलि त पक्कै पनि परिर्वतनको मुहार फेरिएला तर आज पनि जहांको तही छ । न त फोहोर व्यवस्थापन हुन सकेको छ । न त जाम कम हुन रोकिएको छ , न त गाडी चालकको लापरवाही तरिकाले चलाउने गतिविधि नै रोकिएको छ । न त देश बनाउने नेताको बुद्धि पलाएको छ । देशमा हुने ठूला ठूला भ्रष्टचारी गतिविधिको कुरा त के गर्नु र तर पनि हामी यो देशको नागरिक भएको हुंदा हामीलाई यो देश र जनता प्रति अथाह प्रेम छ । किन कि हामी यो देश र जनताको विकास, समृद्धि र शान्ति भएको हेर्न र देख्न चाहान्छौं । जसले गर्दा आज आफ्नो लागि होइन आम सर्वसाधारण जनता ति वृद्धवृद्धा बाबु आमा जसले घर देखि बाहिर निस्किएर यात्रा गर्दा सहज तरिकाले गाडीमा बसेर यात्रा गर्न सकुन । महिलाहरु आफ्ना नाबालक बच्चालाई काखमा लिएर सरल तरिकाले यात्रा गर्न पाउन र उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरु भिडको खिचलो झेल्न नपरोस भन्ने मनसायले आत्मादेखि प्रस्फुटीत जनहितका सुरक्षा र रक्षाकालागि निस्कीएका शब्दछालहरुलाई हृदय हुंदै मस्तिकबाट बाहिर ल्याउनु पर्छ भन्ने उद्देश्यले कलम चलाउन बाध्य बनायो । जुन वास्तविक घटनाको प्रत्येक्षदर्शी भोगाई र बुझाईको विचारले पक्कै पनि सम्बन्धीत निकायको कानको जाली छेडेर भित्र पुग्नेछ भन्ने आशा र विश्वास छ । किन कि जनतालाई दुःख दिन कुट्नु नै पर्छ भन्ने होइन यस्तै यस्तै खाले दुःखले नै जनताहरु दिन दिनै पीडित भएका छन् ।

जनहितकोलागि बोल्दै गर्दा राज्यपक्षले देश र जनताका लागि केही गरेको छैनन भन्न खोजिएको होइन तर जनता समस्यामा पिल्छिरहदा सत्तापक्ष कानमा तेल हालेर बस्न कदापि पाउंदैन भन्ने हाम्रो मनसाय हो । त्यसैले यही विचारको कलमद्वारा नै जनहितको सुरक्षा र सेवाकोलागि विकुल फुक्न बाध्य छु । सक्छौं भने हे सरकार छिटो भन्दा छिटो सर्वसाधारण जनताले दिनहुं खेप्नु पर्ने समस्यालाई समाधान गर । असहज र अराजकता तरिकाले बढीको भिडलाई नियन्त्रण गर । अनि मात्र जनताले तिम्लाई ईज्जत गर्ने छन् । यदि विश्वास छैन भने दिनहुं जनताले चढ्ने सार्वजनिक गाडीमा चढेर अवलोकन गरी हेर अनि मात्र थाहा पाउनेछौं जनताको दिनहुंको यात्रागत सास्ती । यदि ट्राफिक भक्तहरु कम छन् भने कोटा बढाऊ तिमीले खानु भन्दा ति गरिब जनताका छोराछोरीले दुई चार पैसा भएपनि काम गरे वापत खान पाए पुण्य कमाउने छौ यता तिर पनि ध्यान जावस् ।

त्यसैगरी माथिदेखि तलसम्म मैले उठाएका अति गम्भीर विषयहरु यहां भन्नै पर्छ के गाडी चालक के नेता के जनता यदि जोकोहीले पनि गलत गर्छ भने कानुनको भागिदार बन्नै पर्छ त्यसकारण यसरी छाडारुपले गाडी चलाउने गाडी चालकलाई ठेगानमा ल्याउन पनि केही पहल गर । ’emलाई विशेष खालको नैतिकवान शिक्षा दिन आवश्यक छ । किन कि सार्वजनिक गाडी आफ्नै वाऊको पेवा जस्तो गरी हुइकाउने र हप्काउने काम ति गाडी चलाउने चालक र खलासीले यदि नैतिक शिक्षा पाएमा आफूमा परिवर्तन आएको महसुस गर्नेछन् । यस्ता कमीकजोरी कहां बाट भयो यस’boutमा जनताका अभिभावकले बुझ्ने कि नबुझ्ने ? सक्छौं भने हिम्मत गर किन कि जनताको आशा भरोसा तिमीहरु प्रति धेरै छ । किन कि चुनावमा त्यतिकै तिमीहरुलाई जिताएका होइनन् । कोहीले पैसाको बिटा, रक्सी र मासु खुवाएर भएपनि चुनाव जिते किन जिते त जनताको सेवा गर्छु भनेर जितेका हुन् यो कुरा सधैं आफ्नो मगजमा याद राख्नुपर्छ । जसरी प्रकृतिले आफ्नो रुप परिवर्तन गर्छ त्यसरी नै सत्ता र शक्तिमा बसेर काम गर्छु भनेर गए पछि आफ्नो देशको भौगोलिक बनावट र त्यहां बसोबास गर्ने जनताको पिरव्यथालाई समाधान गर्न सक्नु पर्छ । ताकि देशको सच्चा देशभक्त बन्नकोलागि बार बार समय आउंदैन । राम्रा काम गरे जनताको स्याबासी पाईन्छ र ईतिहास रचिन्छ । मरेर लग्ने भनेको पुण्य काम पनि त्यही हो असल कर्म ।

तसर्थ भन्न खोजिएको मुल जडलाई सम्बन्धीत निकायले चाडो भन्दा चाडो समाधान गर्न तिर लागोस् किन कि आजबाट सुरु गरेको कार्यले एक दिन पक्कै पनि सार्थकता पाउनेछ । यात्राको क्रममा हामीले महसुस गरेका छौं केही महिना यताबाट सम्बन्धीत निकायले केही हदसम्म भए पनि जुन जुन ठाउंबाट गाडी चल्ने गर्छ त्यहां प्रहरी व्यवस्थापन गरी भिडलाई व्यवस्थीत गर्ने कार्यको सुरुवात भएको छ । राम्रो कार्यकोलागि जनताको साथ सदा हुनेछ किन कि जनता पनि शिक्षित भईसकेका छन् । उनीहरुमा पनि मूल्यांकन गर्ने क्षमता छ । अब गाडीमा जति सिट छन् त्यति नै यात्रुहरु सहज तरिकाले बसेर आफ्नो गन्तब्य तिर पुग्न सक्ने नीति नियमलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्दछ । जनतालाई सुखी खुशी बनाउन ठूलै काम गर्नु पर्छ भन्ने छैन । जनताले प्रत्येक दिन भोग्नु परेका समस्यालाई समाधान गर्न सक्यो भने पनि ठूलो उपलब्धी हो । साथै सचेत र जिम्मेवारी जनताले पनि आफ्नो कर्तब्यलाई निभाउन विर्सिनु हुंदैन । आफूले भोग्दै गरेका समस्यालाई समाधान गर्न एकजुट भएर राज्य पक्षलाई खबरदारी गर्नु पर्छ । किन कि अधिकार मागेर होइन खोसेर लिनु पर्छ भन्ने मान्यता हामी सबैले आफ्नो मगजमा हेक्का राख्न जरुरी छ ।

Source : puleso.com

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )