आदरणीय दाजु पुर्ण लामालाई शुभकामना !!


“नमो बुद्ध युवा क्लबदेखि युवा संघ नेपाल केन्द्रिय सचिब सम्म”

आजभन्दा साढे तीन दसक पहिला विश्वकै पर्यटकिय क्षेत्रमा चिरपरिचित नेपालकै केन्द्र बिन्दुको रुपमा अबस्थित चारैतिर हिमालले घेरिएको विभिन्न तालतलैयाको सहर पोखराबाट झन्डै २५ किमि पुर्बमा अबस्थित रमणीय गाउँ तत्कालिन सैमराङ वार्ड नं. ६ हालको मादीगाउपालिका वार्ड नं. ११ कास्कीमा बि.स. २०३९ भदौमा बाबा रन बहादुर लामा तथा आमा पुर्णिामाया लामाको कोखबाट गरिब परिवारमा जन्मनु भएको उहाँ बाल्यकालबाट नै चालख तथा राजनैतिक बिषयमा निकै चासोको रुपमा लिने गर्नुहुन्थ्यो । गरिब परिबारमा जन्मेकै कारण उहाँको बाल्यकाल उति सहज र सरल भने रहेन। बिहानको घाँसदाउरा दिनको स्कुल तथा बेलुकाको काम उहाँको दैनिकी जस्तै थियो। फेरिपनि निरन्तर परिश्रम र लागब सङै श्री रास्ट्र ज्योती नि.मा.बि हाल मा.बि मा कक्षा ७ सम्मको अध्ययनपछि गाउँबाट झन्डै २ घन्टको पैदला यात्रा गरि जन कल्याण मा.बि हाल उच्च मा.बि मा एस.एल.सि सम्मको अध्यन गरि नेपालकै चिरपरिचित क्याम्पस पृथ्वीनारायण क्याम्पसमा बि.कम सम्मको अध्यन गरि विभिन्न संघ सस्थाहरुको जिम्मेवारी लिदै आफ्नो समाज सेवाको कामलाई अगाडी बढाइ रहनु भएको छ।

तत्कालीन नमो बुद्ध सास्कृतिक युवा क्लब हालको नमो बुद्ध युवा क्लब स्थापना मा प्रमुख भुमिकानिर्बाह गर्नु हुने उहाँ दुई कार्यकाल अध्यक्ष रहि गाउको सम्पुर्ण युवा हारुलाइ एकै ठाउँमा गोलबन्ध गराइ जुन हिसाब को गाउँ बिकासमा प्रमुख भुमिका निर्बाह गर्न सफल हुनुभो यो अबिस्मणिय नै छ।साथ साथै नेपाल तामाङ बिद्यार्थी घेदुङ कास्की को अध्यक्ष तथा केन्द्रीय सदस्य को पनि जिम्मेवारी ग्रहण गर्दै देशकै लोकप्रीय पाटि नेकपा एमाले को युवा संगठन युवा संघको कास्कीमा आबद्ध भइ जिल्ला अध्यक्ष जस्तो गहन जिम्मेवारी बहन गर्न सफल हुनु भो।गाउँ कै अग्रज दाजु तल्कालिन केन्द्रिय सदस्य धन प्रसाद तामाङ, निबर्तामान केन्द्रीय उपाध्यक्ष दिलु पन्त र पुर्ब उधोग राज्यमन्त्री तथा पोलिट्ब्युरो सदस्य कमरेड तुल बहादुर गुरुङ जस्ता बैचारिक,सालिन तथा राजनैतिक संघर्षशिल ब्यक्तित्वहरुको सल्लाह सुझाबहरु लाई सम्मान गर्दै विभिन्न प्रकारको एतिहासिक परिबर्तन का आन्दोलन हरु ६२-६३ को आन्दोलन, आदिवासी जनाजाति हकहित सम्बन्धी बिभिद आन्दोलन हरु को अगुवा गर्नु भएको थियो।10 बर्ष आदिवासी जनाजाती महासघ कास्किको सचिब,नेपाल ह्योल्मो संघ कास्की को सह-सचिब तथा एमाले निकट लोकतान्त्रिक ह्योल्मो समाज केन्द्रीय अध्यक्ष जस्तो पद मा रहेर पनि जनाजाती अभियान्त को प्रबल भुमिका निर्बह गरिरहनु भएको छ ।तल्कालिन साम्सद तुल बाहदुर गुरुङ को स्वकिय सचिब रहि गाउँटोल , बाटोघाटो , विभिन्न बिधालयमा सम्सद बिकास कोसको रकम तथा बजेट बिनियोजन मा ससक्त भुमिका निर्बाह गरि बिकासको मुल फुटाउन सफल उहाँ सबैको सामु लोकप्रीय र मन मनमा बस्न सफल हुनु उहाको अर्को सफल्ता मान्नु पर्दछ।

विभिन्न जिम्मेवारीहरु लाई सहि र प्रखर तबरले निर्बाह गर्दै जनसेवाको निम्ति सदैब ससक्त भुमिका निर्बाह गर्दै अति नै ब्यस्त समयका बाबजुत पनि युवाहरुले कुनै न कुनै ब्यापर ब्यबसाय गर्नु पर्छ भन्ने युवा संघ को बिचारधारा तथा एजेन्डा लाई मनन गर्दै श्री रत्न आभुषण सुन चादी पसल , तेन्जिङ पूजा पसल महेन्द्रपूल पोखरा जस्ता ब्यबसायहरु सन्चालन गर्दै हाल अपेक्षा कस्मेटिकस पसल संचालन तथा न्यु लुक फेन्सी स्टोर पोखरा १३ को संरक्षक रहि सफल युवा ब्याबसायी हुन सफल हुनु भएको छ । याङ्ला समाज , साङ्गे छ्योलिङ गुम्बा, नमो बुद्ध युवा क्लब जस्ता स्थानिय संघ सस्था हरु मा समेत अब्बल जिम्मेवारी निर्बाह गरि आफ्नो जन्मथलो सैमराङ लगाएत स्थानिय निकायमा चिरपरिचित र बिकास प्रेमी युवा नेताको रुपमा चिन्न पनि सफल हुनुभएको छ । सानो उमेर बाटै आफ्नो गाउँ प्रतीको माया,गाउँ तथा पोखरामा पनि उहाले गर्नु भएको समाज सेवाका कामहरु अतुलनिय छ्न।

बिचारमा अबल स्पट ,निडर , आफ्नो कुरा प्रस्ट राख्न सक्ने, जुन सुकै निर्णयहरु पनि सहज तरिकाले लिन र दिन सक्ने,बैचारिक तथा सरल युवा नेता को छवि बनाउन सफल उहाँ तत्कालीन नेकपा एमाले कास्की जिल्ला निर्बचान क्षेत्र न. २ को सचिब को समेत ससक्त भुमिका निर्बाह गर्न सफल उहाँ हाल नेकपा एमाले निकट शक्तीशालि युवा सङगठन युवा संघ नेपालको केन्द्रीय कमिटी सदस्य हुँदै केन्द्रिय सचिब जस्तो गरिमामय पदमा मनोनयन हुन सफल कार्यकाल सशक्त ढंगले अगाडि बढाउदै ५० लाख भन्द बढी बिदेशिन बाध्य युवाहरुको ’boutमा मध्यनजर गर्दै स्वदेश मै स्वरोजगारको निन्ती विशेष पहल र योजना हरु स्थापना गराउने बाताबरण निर्माण गर्न सफल हुन सकोस र देशै भित्रका युवा हरु को मन मस्तिस्कामा रहि युवा आन्दोलन लाई सहि ढंगले अगाडि बडाउन, देशलाइ युवा मैत्री, युवा रोजगारको सुनिश्चितता, देशको हरेक निकाय मा युवा हरुको ससक्त उपस्थिति गराउन सफल हुन सकुन र आफ्नो जिम्मेवारीको सफल, भब्य र सब्य बनाउदै अघि बड्ने प्रेरणा मिलोस हार्दिक शुभकामना ।

परदेशी भाइ माइला
रमेश लामा, हाल कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )