एमालेका नेतालाई थाहा नभएको कुरा प्रचण्डले रौतहट पुगेर यसरी खोले


रौतहट, १३ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् ।
रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष दाहालले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ ।’ पार्टी एकता जनताबाट अनुमोदित विषय भएको उल्लेख गर्दै दाहालले यसमा बिलम्ब गर्नु नहुने बताए । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको उनले बताए ।

दाहालले भने, ‘यो एकताको विषय सजिलो गरी भएको होइन । कम्युनिष्टहरूबीच एकता गर्ने विषयमा मदन भण्डारीसँग जेठको ६–७ गते छलफल गर्ने कुरा भएको थियो । तर उहाँको बीचमै हत्या भयो ।’ यस विषयमा एमालेका नेता तथा कार्यकर्ताहरूलाई धेरैलाई थाहा नहुन सक्ने उनले बताएका थिए ।

एमाले र माओवादीबीचको पार्टी एकताको कामलाई शुक्रबार अन्तिम रुप दिने अध्यक्ष दहालको भनाई थियो ।

दाहालले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको दाबी गरे । ‘एकता प्रक्रियाको अन्तिम लडाइँमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरूलाई अपील गर्छु’, उनले भने ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )