काठमाडौं, १२ वैशाख । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयमा बयान दिइरहेका डिएसपी सञ्जय राउत एक्कासि बेपत्ता बनेपछि छानविन समितिका सदस्यहरूमाथि शंका उब्जिएको छ । बयान नसकिँदै मंगलबार अपरान्ह राउत फरार भएको घटना रहस्यमय बनेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख समेत रहेका उनी बयान नसकिँदै अचानक फरार भएपछि पक्राउ गर्न गृह मन्त्रालयमा रहेको प्रहरी अधिकारी परिचालन गरिएको स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/04/2018
३३ किलो सुन र सनम हत्या प्रकरणमा नयाँ ‘मोड’, बयान दिन आएका डिएसपी गृहबाटै ‘फरार’
Posted in अपराध समाचार
धरहराको ठुटोमुनि प्रधानमन्त्रीको सम्बोधन- कोदालो र डोको बोक्न तयार छु
१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ सालको भुइँचालोले भत्काएको धरहराको जीर्ण ठुटोकै छेउमा उभिएर सम्बोधन गर्दै भने- मेरो धरहरा मै बनाउँछु । यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने, खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु । प्रधानमन्त्री ओलीले दुई वर्षअघिको नारा सम्झँदै भने- ‘मैले ०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा । यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
महाभूकम्पपछि नेपालीलाई दिइएको ‘टीपीएस’ खारेज गर्ने तयारीमा ट्रम्प प्रशासन, ९००० नेपालीले अमेरिका छोड्नुपर्ने !
वासिङ्टन — महाभूकम्प गएको तेस्रो वर्ष पुगेको दिन अमेरिकामा टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा लिएर बसोबास गरिरहेका नेपालीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलै झट्का दिने तयारी गरेका छन् । अमेरिकी पत्रिका द वासिङटन पोष्टको अनलाइन संस्करणका अनुसार ट्रम्प सरकारले २०७२ बैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि तत्कालिन बराक ओबामा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई दिएको टेम्प्रोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस)लाई खारेज गर्ने तयारी गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार