कुवेतमा आममाफीको समय अबधि सकियो, ३ हजार ७ सय १४ नेपालीले लिए लाभ


गोपाल सिवा
अप्रिल २३- कुवेत सरकारले अबैधानिक रुपमा बसोबास गरिरहेका बिदेशी कामदारहरुलाई दिएको आममाफी प्रक्रियामा ३ हजार ७ सय १४ नेपालीले ट्राभल डकुमेन्ट लिएका छन् । गत जनवरी २९ तारिख देखि अप्रिल २२ तारिख सम्म ३ हजार ७ सय १४ जना नेपाली कामदारले ट्राभल डकुमेन्ट लिएको नेपाली राजदूतावास कुवेतले जानकारी दिएको छ । राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनका अनुसार ट्राभल डकुमेन्ट लिनेहरुमा महिलाको संख्या २ हजार १ सय ९६ छ भने एक हजार चार सय उनासी पुरुस र ३९ जना बच्चा रहेका छन् ।

जनवरी २९ तारिख देखि फेब्रुअरी २२ तारिख सम्म भनिएको आममाफीको समय कुवेत सरकारले पुनः २ महिना थप गरेको थियो । थप गरिएको समय अनुसार अप्रिल २२ तारिख भित्र सम्पूर्ण डकुमेन्ट तयार गरेर स्वदेश नफर्के आममाफीको सदुपयोग गर्नबाट बन्चित हुनेछन् ।

यस्तै कुवेतमा दिइएको आममाफी प्रक्रियालाई बेवास्ता गरी कुवेत मा अबैधानिक रुपमा लुकेर वा भागेर बस्दै काम गर्दै गरेको पाइएमा पक्राउ गरि कानुन बमोजिम कारबाही गर्दै कालो सुचीमा राखेर देश निकाला समेत गरिने एवखाडी मुलुकका देशहरु बहराइन, साउदी अरेबिया, कुवेत, कतार, ओमन, संयुक्त अरब इमिरेट लगायतका देशका पुन जान प्रतिबन्ध लगाइने कुवेत सरकारले जनाएको छ ।(हाम्रो संचार )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.