राजु बास्कोटा
काठमाडौं : काठमाडौं उपत्यकाको सडक विस्तारका लागि भत्काइने एउटै घरको क्षतिपूर्ति ६ लाख रुपैयाँदेखि ४९ लाख रुपैयाँसम्मको दिनुपर्ने भएको छ। सडक विस्तारका क्रममा आफै घर भत्काउछौं क्षतिपूर्ति दिनुस् भनेर काठमाडौंमा मात्रै पाँच सय ८५ जनाले ८७ करोड ११ लाख ७२ हजार रुपैयाँ माग गरेको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए। उनले भने, ‘आफैं घर भत्काउँछु क्षतिपूर्ति दिनुस् भनेर माग गर्नेले हालसम्म एक अर्ब ३० करोड रुपैयाँ दाबी गरेका छन्।’ ‘यस्तो रकममध्ये काठमाडौंको सबैभन्दा बढी ८७ करोड छ भने बाँकी करिब ४३ करोड रुपैयाँ ललितपुर र भक्तपुर जिल्लाका घरको छ।’ पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...