३३ किलो सुनकाण्डमा कसरी फँसे पूर्वडिआइजी निरौला ?


उच्च अधिकारीको बर्दी खोलेको ११ औं दिनमा जेलको हावा
काठमाडौँ । दुई साता पनि नपुगी अवधि पुरा गरी घर फर्केका पूर्व डिआइजी गोविन्द निरौलालाई आइतबार साँझ पक्राउ गरियो ।
म महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको हिरासतमा रहेका निरौलालाई मध्यान्ह जिल्ला अदालत बिराटनगर लगेर संगठित अपराध मुद्दामा म्याद थप गरिने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गायब भएको तस्करीको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्य हत्या प्रकरणको छानविनका लागि उनलाई पक्राउ गरिएको हो । बहालमा रहँदा निरौला विमानस्थल प्रहरीका इञ्चार्जका रूपमा काम गरिरहेका थिए ।

पक्राउ परेकै दिन साँझ गृह मन्त्रालयले गठन गरेको छानविन समितिले उनको बयान लिएको थियो । वायनका क्रममा तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’ भन्नेलाई चिन्ने बताए । आफ्ना साथी नेत्र उप्रेतीका छोरा रहेको निरौलाले बताएका थिए ।

फागुन १८ गते धरानमा यातना दिने क्रममा सुन तस्कर ‘गोरे’ ले मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्या गरेका थिए । छानविन गर्न बनेको गृह–मन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको समितिले पूर्व डिआईजी निरौला आईतबार मध्यान्ह काठमाडौं आएका थिए ।

बयानका क्रममा उनले चुडामणि उप्रेती ‘गोरे’का बाबु र आफूसँगै बिएस्सी पढेको र एकदमै ‘मिल्ने साथी’ बताएका छन् । उनले गोरेलाई तस्करी छाड्नका लागि सुझाव दिएको पनि बयानमा उल्लेख गरेका छन् । निरौलाले ‘गोरे’ लाई चिनेको र तस्करी नगर्नका लागि समेत सम्झाएको बयान दिएपछी साँझ समितीले पक्राउ पुर्जी समेत थमाएर निरौलालाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको हिरासतमा पठाएको थियो ।

उनीमाथि संगठित रुपमा सुन तस्करी गराएको आरोप लागेको छ । निरौलाले त्रिभुवन विमानस्थल सुरक्षा गार्डको प्रमुख भएर बस्दादेखि नै संगठीत रुपमा सुन तस्करी शुरु गरेको छानविन समितिले ठहर गरेको छ ।

गएको माघमा विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरोले गौशालाबाट बरामद गर्दा निरौला विमानस्थलमा थिए । दुबईबाट आएको र पछि काठमाडौँको रत्नराज्य स्कुल नजिकैबाट हराएको भनिएको ३३ किलो सुनमा पनि उनको संलग्नता रहेको समितिको ठहर छ ।

धरानमा सनम शाक्यलाई यातना दिने क्रममा खिचिएको भिडियोमा मृतक शाक्यले ‘डिआईजी गोविन्द मामा’ भन्दै निरौलाको नाम लिएका थिए । ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरणमा निरौलासहित पक्राउ पर्नेको संख्या २० जना पुगिसकेको छ । घट्नामा संलग्न भनिएका थाई एयरवेजका बरिष्ठ टेक्निसियन सानु बनले माघ २२ गते त्रिभुवन विमानस्थलमा आत्महत्या गरे भने सिंहदरबार वृत्त अनामनगरमा प्रेमलाल चौधरीले हिरासतै झुन्डिएर आत्महत्या गरेका थिए ।

यहि प्रकरणमा एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई अपराध महाशाखाको जिम्मेवारीबाट प्रधान कार्यालयमा तानेर सोधपुछ जारी राखेको छ । उक्त सोधखोजबाट पनि ३३ किलो सुनकाण्डमा संलग्नहरू पक्राउ परिरहेका छन् ।

‘अझै धेरैको संलग्नता रहेको अनुमान गरिएको छ । अनुसन्धानबाट नयाँ–नयाँ तथ्य खुल्न थालेका छन्’, छाविन समिति स्रोतले भन्यो ।(दैनिल नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w