Daily Archives: 23/04/2018

३३ किलो सुनकाण्डमा कसरी फँसे पूर्वडिआइजी निरौला ?


उच्च अधिकारीको बर्दी खोलेको ११ औं दिनमा जेलको हावा
काठमाडौँ । दुई साता पनि नपुगी अवधि पुरा गरी घर फर्केका पूर्व डिआइजी गोविन्द निरौलालाई आइतबार साँझ पक्राउ गरियो ।
म महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको हिरासतमा रहेका निरौलालाई मध्यान्ह जिल्ला अदालत बिराटनगर लगेर संगठित अपराध मुद्दामा म्याद थप गरिने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गायब भएको तस्करीको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्य हत्या प्रकरणको छानविनका लागि उनलाई पक्राउ गरिएको हो । बहालमा रहँदा निरौला विमानस्थल प्रहरीका इञ्चार्जका रूपमा काम गरिरहेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सिन्डिकेट लाद्न ‘तलबी गुन्डा’


दीपक परियार
लेखनाथ (कास्की) — दुई वर्षअघि पूर्वको उज्यालो यातायात व्यवसायी संघले पोखरा–काँकडभिट्टा रूटमा बस चलाउने तयारी गर्‍यो । पोखराको जिरो किलोमिटरमा काउन्टर स्थापना गर्न खोज्दा पृथ्वी राजमार्ग बस सञ्चालक समितिले अवरोध पुर्‍यायो । उज्यालोका दुई बसमा पृथ्वीले तोडफोड गर्न खोजेपछि झडप भयो । दुवैतर्फका सात जना घाइते भए । पोखरा नगरभित्र बस चलाउने तयारी गरेको विन्ध्यवासिनी बस व्यवसायी समितिलाई पनि पोखरा बस व्यवसायी समितिले त्यस्तै अवरोध गर्‍यो । दुवै पक्षबीच पटकपटक झडप भयो । यस्ता झडपमा समितिले ‘गुन्डा’ परिचालन गर्ने गरेका छन् । झडपमा प्रयोग गर्नकै लागि समितिले गुन्डागर्दीमा संलग्नलाई तलबै दिएर कर्मचारीका रूपमा राख्ने गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्