Daily Archives: 22/04/2018

ओली र दाहालको ‘एकता सन्देश’ आज


एकतामा देखिएका असहमति निरुपण गरेको स्पष्ट पार्ने
शेखर अधिकारी
काठमाडौँ — पार्टी एकताका लागि तय गरिएको सम्भावित मिति टरे पनि एमाले र माओवादीका शीर्ष नेताले सार्वजनिक रूपमा एकताको सन्देश दिँदै कार्यकर्तालाई आश्वस्त पार्ने भएका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार संयुक्त रूपमा एकताको सन्देश दिने भएका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टी एकता संयोजन समितिको आयोजनामा राष्ट्रिय सभागृहमा ओली र दाहालले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements