काठमाडौँ, ७ वैशाख । नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय सस्था अन्तर्राष्ट्रिय नेप्लिज ब्लड डोनर्स (INBD) ले आफ्नो तेस्रो कार्यकालको लागि कार्यसमिति घोषण गरेको छ । अमेरिकामा केन्द्रिय कार्यलल रहेको आइएनबिडिले विश्वका २० मुलुकमा रक्तदान कार्यक्रम तथा रक्तदान सम्बन्धि जनचेतना मुलक कार्यक्रम गर्दै आएको सस्थाका प्रमुख संरक्षक एवं १६२ औं पटक रक्तदान गरिसकेका रक्तदान कार्यक्रमका अन्तर्राष्ट्रिय अभियान्ता अर्जुन प्रसाद मैनालीले बताउनु भयो ।
विश्वमा छरिएका नेपालीहरुलाइ रक्तदानमा अभिप्रेरित गर्दै रक्तदान कार्यक्रममा सहभागी गराउन सस्थाले महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ । नयाँ कार्यसमितिले नेपालमा रक्तदान अभियानलाई सहयोग पुर्याउने उदेश्यले आफ्नो २ बर्षे कार्यक्रम ल्याउन लागेको सस्थाका अध्यक्ष तथा १४५ औं पटक रक्तदान गरिसकेका रक्तदान अभियान्त अजय सत्यालले बताउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्