उत्तम काप्री
काठमाडौं : सरकारले सार्वजनिक यातायात क्षेत्रमा व्याप्त सबैखाले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको छ। सार्वजनिक यातायात सेवा बन्द गरी आन्दोलनमा उत्रने व्यवसायीको चेतावनीलगत्तै सरकारो उनीहरूको समिति नै खारेज गर्ने कठोर निर्णय गरेको हो। मन्त्रिपरिषद्को मंगलबारको बैठकले सार्वजनिक सवारीको सिन्डिकेट अन्त्यका लागि सबै प्रकारका कदम चाल्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए। ‘सिन्डिकेट गर्नेसँग सरकार झुक्दैन’, मन्त्री पण्डिले भने, ‘सरकारले यसकाविरुद्ध आवश्यक सबै कदम चाल्ने निर्णय गरेको छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/04/2018
यातायात सिन्डिकेट अन्त्य
Posted in नेपाल समाचार
एमाले–माओवादी विवाद मिलाउने जिम्मा दुवै अध्यक्षलाई, एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी
प्रकाश सिलवाल/रासस
काठमाडौँ — पार्टी एकता संयोजन समितिको बैठकले एमाले–माओवादी एकतामा देखिएको विवाद मिलाउने जिम्मा दुवै पार्टीका अध्यक्षलाई दिएको छ । पार्टी एकताको तयारी रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिह्नको विवाद हल भइसकेको एमालेका महासचिव एवं संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले जानकारी दिए । हाल एमालेको ‘सूर्य’ र माओवादी केन्द्रको ‘गोलाकारभित्र हँसिया हथौडा’ निर्वाचन चिह्न छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
हिन्दूलाई क्रिश्चियन बनाउन मन्त्री सम्मको सेटिङ
काठमाडौं । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका तत्कालीन मन्त्री र समाज कल्याण परिषदका पदाधिकारीहरूले नेपालका सब हिन्दूहरूलाई पारदरीमा रुपान्तरण गर्ने गरेर गैरसरकारी संस्थालाई दर्ता अनुमति दिएको रहस्य बाहिर आएको छ । संविधान, कानून र ऐन विपरित मन्त्री र परिषद्का कर्मचारीहरूको मिलोमतोमा हिन्दूधर्म विरोधी तथा क्रिश्चियनका लागि काम गरेको तथ्यले देखाएको छ । क्रिश्चियन धर्म प्रचारकहरूका यी गतिविधिले हिन्दूधर्मलाई ठूलो चुनौती दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार