भारतीय दूतावासको सम्पर्क कार्यालय लक्षित गरी बम बिस्फोट


देवनारायण साह
मोरङ — भारतीय राजदूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयलाई लक्षित गरी सोमबार राति बम बिस्फोट गराएको छ । बिष्फोटबाट विराटनगर–१३ स्थित उक्त कार्यालयको पर्खालमा सामान्य क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले सम्पर्क कार्यालय पछाडिको खुल्ला चौरमा भएको बिस्फोटले कार्यालयको पर्खालमा सामान्य क्षति भएको बताए । ‘बम कसले र किन बिस्फोट गराएको ’bout केही खुल्न सकेको छैन,’ उनले भने, ‘घटनाको छानबिन भइरहेको छ त्यसपछि मात्रै केही भन्न सकिन्छ ।’ घटनास्थलमा र सम्पर्क कार्यालयको वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले प्रेसरकुकर बम भएको आशंका गरेको छ ।

प्रहरीले बम बिस्फोट गराउने ’bout अनभिज्ञता व्यक्त गरे पनि मंगलबार नेत्र बिक्रमचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्दको आह्वान गरेकोले उनकै कार्यकर्ताले बम बिस्फोट गराएको हुन सक्ने अनुसन्धानमा खटिएको प्रहरीको आशंका छ ।

यसैगरी, विप्लव समूहका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गको गछिया खोलाको पुलमा शंकास्पद बस्तु राखेकोले रातिदेखि बिहान ८ बजेसम्म यातायात ठप्प भएको थियो । प्रहरी उपरीक्षक बिसीले शंकास्पद बस्तु देखिए पनि त्यसमा केही नभएको र यातायात सुचारु भइसकेको बताए । उनले विप्लव समूहले गरेको बन्दको मोरङमा कुनै प्रभाव नभएको बताए ।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w