Daily Archives: 17/04/2018

एउटा बलात्कारकाण्डले भारतलाई तनाव, राष्ट्रसंघसमेत बोल्न बाध्य भयो


भारतको जम्मु-कश्मिरस्थित कठुआमा सामूहिक बलात्कारपछि हत्या गरिएकी बालिका । तस्बिर: एजेन्सी
एजेन्सी: भारतको कठुआ बलात्कार हत्याकाण्डको चर्चा विश्वभर भइरहेको छ । यहाँसम्म कि यस’boutमा संयुक्तर राष्ट्र संघसमेत मुख खोल्न बाध्य भएको छ। संयुक्त राष्ट्र संघका महासचिवले समेत शनिबार यस घटनाको निन्दा गरेका छन् । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले आठ वर्षीया बालिकाको बलात्कार र हत्याको घटनालाई ‘डरलाग्दो’ भनेका छन् । उनले यस घटनामा भारत सरकारले न्यायको सुनिश्चितता गर्ने कुरामा समेत उनले विश्वास व्यक्त गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

ब्रेकिङ : बालुवाटारमा एमाले-माओवादी एकताको बैठक जारी रहँदा बानेश्वरबाट एमाले युवा संघ विभाजनको निर्णय


काठमाडौं, ४ वैशाख । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालमा विभाजनको निर्णय भएको छ । युवा संघको नयाँ नेतृत्वको चर्चा चलिरहेका बेला नेता माधवकुमार नेपाल पक्षले युवा संघ विभाजनको निर्णय गरेका हुन् । ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने तयारी भएको सचिव नरेश शाहीले बताए । अध्यक्ष राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेतलगायतको समूह बामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्दत रहेको ठहर गर्दै समानान्तर कमिटी गठनको निर्णय भएको शाहीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय दूतावासको सम्पर्क कार्यालय लक्षित गरी बम बिस्फोट


देवनारायण साह
मोरङ — भारतीय राजदूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयलाई लक्षित गरी सोमबार राति बम बिस्फोट गराएको छ । बिष्फोटबाट विराटनगर–१३ स्थित उक्त कार्यालयको पर्खालमा सामान्य क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले सम्पर्क कार्यालय पछाडिको खुल्ला चौरमा भएको बिस्फोटले कार्यालयको पर्खालमा सामान्य क्षति भएको बताए । ‘बम कसले र किन बिस्फोट गराएको ’bout केही खुल्न सकेको छैन,’ उनले भने, ‘घटनाको छानबिन भइरहेको छ त्यसपछि मात्रै केही भन्न सकिन्छ ।’ घटनास्थलमा र सम्पर्क कार्यालयको वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले प्रेसरकुकर बम भएको आशंका गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्