Daily Archives: 16/04/2018

मातातीर्थ’bout यस्तो छ पौराणिक कथन


आज वैशाख कृष्ण अमावस्या अर्थात् मातृ अमावस्या । नेपालमा आजको दिनलाई आमाको मुख हेर्ने दिनका रूपमा चिनिन्छ । यो दिनलाई अर्काे शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ । आजको दिन छोराछोरीहरू आफूलाई जन्म दिने आमाको मुख हेर्न आमा भएको ठाउँमा जान्छन् । मीठामीठा परिकार खुवाएर तथा उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन् । आमाले नौ महिनासम्म गर्भमा धारण गरेर सन्तान जन्माएकी हुन्छिन् । आमाविना सृष्टिको कल्पनासम्म पनि गर्न सकिँदैन । आफूले खाएको अन्न, जल, वायु एवं संस्कारजन्य छाप शिशुमा दिएर आमाले जानी-नजानी सन्तानको सृष्टि गरेकी हुन्छिन् । जन्मपछि पनि शिशुको हेरचाह गरेर पूर्ण मनुष्य निर्माण गर्ने आमाभन्दा पूजनीय संसारमा कोही हुँदैनन् तसर्थ आमालाई महान् मानेर हिन्दू संस्कृतिमा भनिएको छ- मातृदेवो भवः । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

माओवादीको निश्कर्षः ओलीको राष्ट्रवाद घोप्टियो, माधव नेपाल पिँध नभएका लोटा !


एमालेको आरोप- प्रचण्डले लिखितमा प्रधानमन्त्री खोजे
३ वैशाख, काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता नभई आफूमा विलय गराएर सिध्याउन खोजेको निश्कर्ष माओवादी नेताहरुले निकालेका छन् । पार्टी एकता नै गर्न चाहेको हो भने ओलीले बराबरीका आधारमा अघि बढ्नैपर्ने माओवादी नेताहरुको निश्कर्ष छ । पढ्नेक्रम जारी राख्नुहोस्

अध्यक्ष भट्टले नेपाली कामदारको जागिर खाइदिए, जापानमा हुने भयो मुद्दामामिला


जापान, ३ वैशाख । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको जापान रहेको कम्पनी टिबिआई जापानले त्यसमा कार्यरत नेपाली कर्मचारीलाई निकाल्ने निर्णय गरेको छ । शुक्रवार बसेको नेपाली र टिबिआई जापानका प्रतिनिहरू सम्मिलित बैठकबाट नेपालीहरूलाई जुलाई महिनाभित्र काम छोड्न निर्देशन दिइएको छ । जुन निर्णय त्यहा कार्यरत नेपालीहरूले असहमति जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्