कुवेतमा गम्भिर रोगले ग्रस्त नेपाली चेली कल्याणकारी नेपाली युवा समाजको सहयोगमा स्वदेश फिर्ता


हरिकृष्ण न्यौपाने
कुवेत,  कुवेतमा गम्भिर रोगले ग्रस्त नेपाली चेली कल्याणकारी नेपाली युवा समाजको सहयोगमा ६ महिना उपचार गराएर स्वदेश फर्केकी छन |करिब २ बर्ष अगाडि घरेलु महिला कामदारको रुपमा कुवेत आएकी बाग्लुङकी माया सिन्जाली मगर बिहीवार घर फर्किएकी छन् | गम्भिर रोगले ग्रस्त भएपछी उनि बिचल्लीमा परेकी थिइन् |
सामान्य हिडडुल पनि गर्न नसक्ने र अत्यन्त कमजोर अबस्थामा रहेको जानकारी पाएपछी समाजले तत्काल उद्दार गरेर कुवेतको फाहहिल स्थित निजी सिटी क्लिनिकमा भर्ना गरेको अध्यक्ष सिंह निरज ठकुरीले हाम्रो संचारलाई जानकारी दिएका छन् | उक्त क्लिनिकले आदान अस्पताल रिफर गरेको थियो | अत्यन्तै कमजोर अवस्था भएकी मायालाई क्षयरोग पनि लागेको पत्ता लागेपछी अलसभा अस्पतालमा उपचार गराइएको थियो ।
घरमा काम गर्न गार्हो भएपछी एजेन्टले आफ्नो अफिसमा काम लगाएर समयमा उपचार नगराएपछी अत्यन्तै नाजुक अवस्थामा मायालाई समाजले अस्पताल पुर्याइ बिगत ६/७ महिनादेखी निरन्तर सहयोग र रेखदेख गर्दै आएको थियो । उनि अहिले पूर्ण निको भएर एयर वातानिया मार्फत एप्रिल १२ तारिख नेपाल फर्काउन सकिएको पनि अध्यक्ष ठकुरीले बताए |

मायालाई घर फर्कन हवाइ टिकट तथा बाटो खर्च नगद समेत सहयोग गर्ने मगर संघ कुवेत तथा अन्य कानुनी प्रकृयामा सहयोग गर्ने नेपाली दुताबासलाई कल्याणकारी नेपाली युबा समाज कुवेतले धन्यवाद दिएको छ । (तितोपाटी )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.