तमु समाजको युएईको ११ औं महाधिवेशन पछि १३ अप्रील २०१८ शुक्रबार जाबेल पार्क दुबईमा तमु समाज युएईको अध्यक्ष श्रीमती उषा तमुस्यो ज्युको अध्यक्षतामा तमु समाज युएईका जेष्ठ अभिभावक श्रीमती गंगामती तमुस्यो ज्यु, निवर्तमान संरक्षक यम प्रशाद तमु ज्यु, निवर्तमान सल्लाहकारहरु राजु तमु ज्यु, डेर राज तमु ज्यु र श्रीमती रुपा तमुस्यो ज्युको उपस्थितिमा पहिलो बैठक सम्पन्न भएको छ। बैठक संचालन तमु समाज युएईका सचिव इन्द्र तमु ज्युले संचालन गर्नु भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/04/2018
तमु समाज युएईको पहिलो बैठक सम्पन्न
Posted in प्रवासी समाचार
विकास र समृद्धिको यात्रा कर्णालीबाट सुरूः प्रधानमन्त्री अोली
२ वैशाख, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै शुरु भएको घोषणा गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्णालीलाई समृद्धिको यात्रामा डो¥याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको बताउँदै भने, ‘अब कर्णाली प्रदेशलाई पछाडि पर्न दिइन्न ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कुवेतमा गम्भिर रोगले ग्रस्त नेपाली चेली कल्याणकारी नेपाली युवा समाजको सहयोगमा स्वदेश फिर्ता
हरिकृष्ण न्यौपाने
कुवेत, कुवेतमा गम्भिर रोगले ग्रस्त नेपाली चेली कल्याणकारी नेपाली युवा समाजको सहयोगमा ६ महिना उपचार गराएर स्वदेश फर्केकी छन |करिब २ बर्ष अगाडि घरेलु महिला कामदारको रुपमा कुवेत आएकी बाग्लुङकी माया सिन्जाली मगर बिहीवार घर फर्किएकी छन् | गम्भिर रोगले ग्रस्त भएपछी उनि बिचल्लीमा परेकी थिइन् |
सामान्य हिडडुल पनि गर्न नसक्ने र अत्यन्त कमजोर अबस्थामा रहेको जानकारी पाएपछी समाजले तत्काल उद्दार गरेर कुवेतको फाहहिल स्थित निजी सिटी क्लिनिकमा भर्ना गरेको अध्यक्ष सिंह निरज ठकुरीले हाम्रो संचारलाई जानकारी दिएका छन् | उक्त क्लिनिकले आदान अस्पताल रिफर गरेको थियो | अत्यन्तै कमजोर अवस्था भएकी मायालाई क्षयरोग पनि लागेको पत्ता लागेपछी अलसभा अस्पतालमा उपचार गराइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार