Daily Archives: 10/04/2018

५ लाख घुससहित उपसचिव पक्राउ


काठमाडौं । बढानिलकण्ठ नगरपालिकामा कार्यरत उपसचिप लिला अधिकारी ५ लाख रुपैयाँ घुससहित पक्राउ परेकी छिन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई सोमबार साँझ पक्राउ गरेको हो। ठेक्को रकम भुक्तानी लगायतका विषयमा उनले ठेकदारसँग घुस लिएकी थिइन्। कार्यकारी अधिकारी रहेकी अधिकारीसहित इन्जिनियर बिजेन्द्र श्रेष्ठलाई आयोगको टोलीले पक्राउ गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

ओली र प्रचण्डको आँखामा सर्वेन्द्र खनाल


महाराजा बुढा
आफू पनि भ्ष्टाचार गर्दिन अनि अरुलाई पनि गर्न दिन्न भन्ने सार्वजनिक उदघोषसहितको प्रतिवद्धता व्यक्त गरिरहेका केपी शर्मा ओली प्रधानमन्त्री र सवै प्रकारको तस्करीलाइ बन्द गराउने र सुरक्षा निकायहरुलार्इ थप सबल र सम्मानित बनाउने प्रण गर्दै अगाडि बढिरहेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेको अवस्थामा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुँदैछ । यस्तो अवस्थामा कसले नेपाल प्रहरी संगठनको बागडोर सम्हाल्न पाउला त भन्ने सवाल हरेकको मनमा उब्जिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बलात्कार गर्न खोज्नेलाई कालोमसो र दुई लाख जरिवाना


डीआर पन्त
प्रहरी भन्छ– अनुसन्धान हुँदै छ
धनगढी — कैलालीको दुर्गम गाउँमा एक महिलालाई बलात्कार गर्न खोज्नेलाई स्थानीयबासिले कालोमसो दलेर सजाय दिएका छन् ।
जिल्लाको कैलारी गाउँपालिका–१, दक्षिण मझरका टुक्की भनेर चिनीने कृष्ण चौधरीलाई सार्वजनिक स्थानमा कालोमसो र जुत्ताको माला लगाएर परिक्रमा गराएका हुन्। चौधरीले सोही गाउँकी एक महिलालाई २३ गते राति महिलालाई बलात्कार गर्ने प्रयास गर्दा उनी भाग्न सफल भएकी थिइन्। महिलाले प्रतिकार गर्दा चौधरीले उनलाई कुटपीट समेत गरेको पीडितले बताएकी छिन्। उनी चिच्याएपछि गाउँलेले थाहा पाएपछि चौधरीलाई पक्राउ गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्