Daily Archives: 09/04/2018

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड


उत्तम काप्री
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्न रन वे मर्मतका लागि साढे आठ करोड रुपैयाँ विनियोजन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारको अध्यक्षतामा एक साताअघि बसेको क्यानको बोर्ड बैठकले आठ करोड ५० लाख रुपैयाँ बजेट स्वीकृति गरेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए। त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालनका लागि रन वे तत्काल सुधार गर्नुपर्ने ठहर गर्दै रकम विनियोजन गरिएको गौतम बताउँछन्। ‘विमानस्थल इन्जिनियरिङ महाशाखालाई ‘रन वे’ को अति संवेदनशील ठाउँको पहिचान गरी त्यस्ता ठाउँको मर्मत तथा सुधार गर्न बोर्ड बैठकले निर्देशन दिएको छ’, पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रधानमन्त्रीको भारत भ्रमण: ठूला आयोजनामा फेरि आश्वासन मात्रै


विजय तिमल्सिना
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सधैं झैं यसपटक पनि पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो अघि बढाउने आश्वासन पाइए पनि ठोस निर्णय हुन सकेन
काठमाडौँ — अघिल्लो वर्ष भारत भ्रमण गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको लगानीमा सञ्चालित जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा तीव्रता दिने आश्वासन दिएका थिए । दाहालको १० महिने प्रधानमन्त्रीत्वकाल सकिएपछि नेपालले दुई प्रधानमन्त्री पाइसकेको छ । तर, भारतमा प्रधानमन्त्री पदमै रहेका मोदीसँग नेपालका तीन प्रधानमन्त्रीले एकै विषयमा छलफल गरिरहेका छन्– भारतीय लगानीमा नेपालमा बन्ने ठूला जलविद्युत् आयोजनाको प्रगति । त्यसअघिका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा पनि यस्तै विषयमा छलफल हुने गथ्र्यो । पढ्नेक्रम जारी राख्नुहोस्