धर्मगुरु आचार्य श्रीनिवासलाई गोली प्रहार


विराटनगर — हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि विराटनगरमा गोली प्रहार गरिएको छ । विराटनगर महानगरपालिकाको जतुवामा बस्दै आएका आचार्यमाथि बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । छातीमा गोली लागेका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । हिन्दु राष्ट्रको पक्षमा धारणा राख्दै आएका आचार्य पूर्वराजा ज्ञानेन्द्र निकट थिए । पूर्वराजा प्रदेश १ का धार्मिकस्थल भ्रमणमा आएका बेला गत साता आचार्य श्रीनिवास सँगै थिए। हिन्दु धर्मको पक्षमा गतिविधि गर्ने शिव सेना नेपाल नामक संगठनसँग पनि सम्बन्धित थिए। जतुवामा आजैदेखि श्रीमत भागवत सप्ताह पुराण आयोजना गरिएको थियो। यसैको तयारीका क्रममा आचार्य सक्रिय थिए। बिहान करिब ३ बजेतिर शौचका लागि निस्किएका बेला उनीमाथि गोली प्रहार भएको थियो। घटनास्थल आसपास प्रहरी परिचालन गरी निगरानी बढाउनुका साथै आक्रमणमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, आचार्यमाथि भएको आक्रमणको निन्दा गर्दै उनका समर्थक र उनी आवद्ध संस्थाहरुले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सरोकारवाला निकायलाई सुरक्षामा गम्भीर हुन ध्यानाकर्षण गराउने भएका छन्।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )