Daily Archives: 08/04/2018

नेपाल नयाँ युगमा : मोदी


सुरेन्द्र पौडेल
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक इतिहासको नयाँ युगमा प्रवेश गरेको बताएका छन्। तीन तहको निर्वाचनपछि नेपालमा ‘स्वर्णिम अध्याय शुभारम्भ’ भएको भन्दै उनले नेपालको यो उपलब्धिबाट भारत एकदमै खुसी भएको समेत बताए। ‘गत वर्ष नेपालका जनताले लोकतन्त्र र संघीय व्यवस्थाप्रति फेरि आफ्नो विश्वास व्यक्त गरे। स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु नेपाल सरकार र नेपाली जनताको एकदमै ठूलो उपलब्धि हो। नेपालको राजनीतिक इतिहास एक नयाँ युगमा प्रवेश गरेको छ,’ नयाँदिल्लीमा शनिबार नेपाल–भारत द्विपक्षीय बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

काठमाडौंमा भेटिँदै चिनियाँ र भारतीय रेल


राजु बास्कोटा
भारतसँग रेल सम्झौता
काठमाडौं : पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ। काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

धर्मगुरु आचार्य श्रीनिवासलाई गोली प्रहार


विराटनगर — हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि विराटनगरमा गोली प्रहार गरिएको छ । विराटनगर महानगरपालिकाको जतुवामा बस्दै आएका आचार्यमाथि बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । छातीमा गोली लागेका उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । हिन्दु राष्ट्रको पक्षमा धारणा राख्दै आएका आचार्य पूर्वराजा ज्ञानेन्द्र निकट थिए । पूर्वराजा प्रदेश १ का धार्मिकस्थल भ्रमणमा आएका बेला गत साता आचार्य श्रीनिवास सँगै थिए। हिन्दु धर्मको पक्षमा गतिविधि गर्ने शिव सेना नेपाल नामक संगठनसँग पनि सम्बन्धित थिए। जतुवामा आजैदेखि श्रीमत भागवत सप्ताह पुराण आयोजना गरिएको थियो। यसैको तयारीका क्रममा आचार्य सक्रिय थिए। बिहान करिब ३ बजेतिर शौचका लागि निस्किएका बेला उनीमाथि गोली प्रहार भएको थियो। घटनास्थल आसपास प्रहरी परिचालन गरी निगरानी बढाउनुका साथै आक्रमणमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्