Daily Archives: 05/04/2018

प्रदेश ४ को नाम र राजधानी सोध्दै जनमत संकलन


अमृत सुवेदी
२२ चैत, पोखरा । प्रदेश ४ को नाम के राख्ने होला ? प्रदेश ४ को राजधानी कहाँ बनाउँदा ठीक होला ? प्रदेशका ११ जिल्लामा यही प्रश्नमाथि चासो, चर्चा र बहस छ । यही प्रश्न लिएर सांसदहरु प्रदेश ४ मा पर्ने एघारै जिल्लामा जनमत संकलन गर्न पुग्ने भएका छन् ।
प्रदेशको राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समिति प्रश्नावली लिएर जिल्ला–जिल्लामा जाने भएको छ । समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा बुधबार बसेको बैठकले प्रदेश राजधानी र नामाकरणको प्रश्नावलीको फर्म्याट लिएर जिल्ला–जिल्लामा जाने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

रेशम चौधरीलाई भुल्यो राजपाले, ठूला नेताहरू जोगिन भए यस्ता निर्णय


काठमाडौं, २१ चैत । राष्ट्रिय जनता पार्टी नेपाले आफ्नै नेता कार्यकर्तामाथि परेका उजुरीकर्ताहरूलाई मुद्दा फिर्ता लिन आग्रह गरेको छ ।
काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको राजपा अध्यक्षमण्डलको बैठकले सबै मुद्दाहरू फिर्ता लिनका लागि उजुरीकर्ता नेता तथा कार्यकर्ताहरूसँग आग्रह गर्ने निर्णय गरेको हो । बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पार्टीमाथि पार्टीकै जिम्मेवार पदाधिकारी, सदस्य र कार्यकर्ताहरूबाट लगाइएका मुद्दा १५ दिनभित्र फिर्ता लिन सम्बद्ध सबैलाई आग्रह गर्ने निर्णय गरियो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीको सुझाव : राष्ट्र हितलाई सम्मान गर


चिरञ्जीवी ढुंगाना
सद्भाव भ्रमणमा कुनै ठूलो सम्झौत हुँदैन : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी ओलीको आफ्नो आसन्न भारत भ्रमण’bout पूर्वप्रधानमन्त्री, प्रबुद्ध वर्ग र परराष्ट्रविद्सँग बुधबार छलफल गरेका छन्। छलफलमा ओलीले पुराना सम्झौता कार्यान्वयनमा जोड दिने स्पष्ट पारेका छन्। छलफलमा सहभागी पूर्वप्रधानमन्त्रीहरूले २१ औं शताब्दीअनुसार द्विपक्षीय हित र राष्ट्रिय स्वार्थलाई उच्च सम्मान दिन सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले पुराना सम्झौता कार्यान्वयनमा समस्या देखिएका बेला नयाँ सम्झौता नगर्न सुझाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्