विप्लवद्वारा कन्स्ट्रक्सनमाथि बम प्रहार गरी हमला, ठूलो नोक्सानी


सिन्धुली, २१ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकताले कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम विष्फोट र आगजनी गरेका छन् । धरान–सिन्धुली–चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पु-याइएको हो ।

मंगलबार बिहान करीब १ बजेतिर १० जनाको समूहमा आएका नेकपाका कार्यकर्ताले हरिहरपुरगढी गाउँपालिका–५ मा रहेको कालिका कन्स्ट्रक्सनको अस्थायी क्याम्पमा रोकिराखिएका सवारीमा क्षति प-याएको प्रत्यक्षदर्शी कमर्चारीहरूले बताएका छन् । लुअम ७२९६ अस्थायी नम्बरको डबलक्याप बोलेरोमा बम प्रहार गरी पूर्णरुपमा क्षति पु-याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ना१क ५६९८, ना१क ४३३८, ना१क ७२४४, ना१क ४३३२ नंका टिपरमा पनि क्षति पुगेको छ । रोड लोडर र रोलरमा पनि आंशिक क्षति पुगेको छ ।

नेकपाका कार्यकर्ताले प्रहार गरेको बमको छर्रा लागेर रत्ननगर–१५ चितवनका २५ वर्षीय विक्रम गुरुङ घाइते भएका छन् । गुरुङको अवस्था सामान्य रहेको छ । नेकपाका कार्यकर्ता सो घटना गरेर फरार भएका थिए । प्रहरीले उनीहरूको खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए । नेकपाले चन्दा मागेको र दबाब दिएको ’boutमा कालिका कन्स्ट्रक्सनले अनभिज्ञता प्रकट गरेको उपरीक्षक केसीले बताए ।

आयोजना प्रमुख ठाकुर ढकालले नेकपाका कार्यकर्ताले बिना जानकारी क्याम्पमा आगजनी र बम प्रहार गरेको बताए । घटनाका कारण क्याम्प क्षतिग्रस्त बनेको र काम गर्ने वातावरण हटेको बताए ।

आयोजना प्रमुख ढकालले स्थानीय प्रशासनसँग काम गर्ने उपयुक्त वातावरण सिर्जना गरिदिन माग गरेका छन् । ढकालका अनुसार घटनाको ’boutमा सडक विभाग तथा कन्स्ट्रक्सनलाई जानकारी गराइएको छ । ढकालले तत्काल काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

बम र आगजनीपछि स्थानीयवासी र कामदारको सक्रियतामा आगो नियन्त्रणमा लिइएकाले थप सवारी तथा मानवीय क्षति हुन नपाएको ढकालले बताए ।

उता, नेकपाका कार्यकर्ताले मकवानपुरको बकैया गाउँपालिकामा पनि दुई स्काभेटर र एक क्रेनमा क्षति पु-याएको आयोजना प्रमुख ढकालले बताए ।

सिन्धुलीको धुराबजारदेखि मकवानपुरको हेटौँडासम्मको सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले सिन्धुलीको कमलामाई नगरपालिका–४ को कुडुलेदेखि हेटौँडासम्मको ट्रयाक खोल्ने र निर्माण गर्ने कार्य अघि बढाइरहेको छ । यी घटनाको ’boutमा अझैसम्म नेकपाले कुनै प्रतिक्रिया दिएको छैन ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )