Daily Archives: 04/04/2018

नारायणी कागज कारखानामा आगलागी, १८ लाखको क्षति


चितवन, २१ चैत । चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा बुधबार बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–५ स्थित लंकुमा रहेको कारखानामा आगलागी हुँदा करीब रु १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करीब ३ः२५ बजे आगो सल्किएको थियो । दमकलको सहयोगमा स्थानीय बासिन्दा र प्रहरीले बिहान ५ बजे आगो नियन्त्रणमा लिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

विप्लवद्वारा कन्स्ट्रक्सनमाथि बम प्रहार गरी हमला, ठूलो नोक्सानी


सिन्धुली, २१ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकताले कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम विष्फोट र आगजनी गरेका छन् । धरान–सिन्धुली–चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पु-याइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

एमाले–माओवादी एकताको औपचारिक घोषणा मात्र बाँकी : वैशाख ९ मा हुने


रामकृष्ण अधिकारी
काठमाडौं : एमाले–माओवादीले वैशाख ९ मा औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन्। एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित छुट्टाछुट्टै कार्यदलको सुझावका आधारमा पार्टी एकता वैशाख ९ गते हुन लागेको हो। दुवै कार्यदलले मंगलबार एकता संयोजन समितिका संयोजकद्वय प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन पारेर ९ वैशाखमा पार्टी एकता घोषणा गर्ने गरी सुझावसहितको प्रतिवेदन बुझाएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

डा. भट्टराईसँग अब पीएसओ मात्रै, १ बैशाखदेखि सुरक्षा टोली फिर्ता


२१ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)बाहेक सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गरेका छन् । डा. भट्टराईले २०७५ बैशाख १ गतेदेखि सुुरक्षाकर्मीको टोली फिर्ता पठाउने निर्णय लिएको उनको सचिवालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्