Daily Archives: 03/04/2018

सन्दुकले पाए भारतीय राष्ट्रपतिबाट पदमश्री पुरस्कार


२० चैत, काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट पदमश्री पदक पाएका छन् ।
कम शुल्कमा मोतीविन्दूको शल्यक्रिया गरी एकलाख भन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका रुइतलाई भारतले गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पदक दिने घोषणा गरेको थियो । पूर्व घोषणाअनुरुप सोमबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति कोविन्दले रुइतलाई पदमश्री पदक प्रदान गरेका हुन् । अघिल्लो वर्ष भारतले यही पदक माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई प्रदान गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कतारले नेपाली कामदारलाई क्षतिपूर्ति दिने


२० चैत, दोहा । सन् २०२२ मा विश्वकप आयोजनाका लागि रंगशाला लगायतका संरचना निर्माण गर्न ल्याइएका बिदेशी कामदारलाई कतारले क्षतिपूर्ति दिने भएको छ । बिश्वकपका लागि संरचना बनाउन नेपाल, बंगलादेश लगायतका देशबाट हजारौं कामदार ल्याइएको छ । यी कामदारहरु ठूलो रकम तिरेर कतार आएको र शोषणमा परेको भन्दै मानवअधिकारवादी संस्थाहरुले आवाज उठाएपछि कतारले बिदेशी कामदारलाई क्षतिपूर्ति दिने तयारी थालेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीको भारत भ्रमण: अरुण तेस्रो दुवै नेताले शिलान्यास गर्ने


सुरेश न्यौपाने
नयाँदिल्ली — प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास हुने भएको छ । भारतीय सरकारी कम्पनी सतलजले निर्माण गर्न लागेको ९०० मेगावाटको यो आयोजनाको प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शिलान्यास गर्ने कार्यक्रम छ । स्रोतका अनुसार हैदराबाद हाउसमा हुने एक विशेष समारोहमा दुवै प्रधानमन्त्रीले स्विच थिचेर आयोजना शिलान्यास गर्नेछन् । भारत सरकारको स्वामित्वमा रहेको सतलज कम्पनीले परियोजनाको लाइसेन्स पाएको छ । गत वर्ष भारत सरकारले कम्पनीलाई परियोजना विकासका लागि अनुमति दिँदै ९१ अर्बको बजेटसमेत स्वीकृत गरेको थियो । अरुण तेस्रोकै लागि भनेर सतलज अरुण विद्युत् विकास कम्पनीसमेत स्थापना गरिएको छ । संखुवासभा जिल्लामा पर्ने परियोजना सम्पन्न गर्न करिब ५ वर्ष लाग्ने अनुमान छ । पढ्नेक्रम जारी राख्नुहोस्